साहित्य

साहित्यकार हेमनाथ पौडेललाई 'पारिजात सृजन सम्मान'

काठमाडौँ, ५ वैशाख, साहित्यकार हेमनाथ पौडेललाई यो वर्षको 'पारिजात सृजन सम्मान' प्रदान गरिने भएको छ । पारिजात स्मृति केन्द्रले हरेक वर्ष प्रदान गर्दै आएको चार विधाका सम्मान मध्ये 'पारिजात सृजन सम्मान' यो वर्ष साहित्यकार पौडेललाई प्रदान गर्ने भएको हो । 

आज काठमाडौँको म्हयपि बालाजु स्थित पारिजात स्मृति केन्द्र परिसरमा आयोजित पारिजातको प्रतिमामा माल्यार्पण कार्यक्रममा यी सम्मानको घोषणा गरिएको हो । केन्द्रका अनुसार यो वर्षको 'पारिजात बालसाहित्य सम्मान' साहित्यकार विजय चालिसेलाई प्रदान गरिने भएको छ । यसैगरी 'पारिजात कला सम्मान' वरिष्ठ कलाकार तथा साहित्यकार श्याम तमोटलाई र 'पारिजात नारी संघर्षशील सम्मान' राजनीतिज्ञ तथा अधिकारकर्मी शशी श्रेष्ठलाई प्रदान गरिने भएको छ । 

केन्द्रका सदस्य–सचिव स्नेह सायमीद्वार आज जारी विज्ञप्तिअनुसार वैशाखको अन्तिम हप्ता 'पारिजात स्मृति दिवस' मनाइने र सोही दिन यो सम्मान अर्पण गरिने छ ।  

केन्द्रले स्मृति भवनको माथिल्लो तल्लामा पारिजात सभाकक्षको पनि निर्माण सुरु भएको जानकारी गराएको छ । सो सभाकक्ष निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै केन्द्रले सहयोगीहरुको अभिलेख राख्न र निर्माण सम्पन्न गर्न एक निर्माण समिति गठन गरेको छ ।

यसमा तपाईंको मत

Loading...

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...