पर्यटन/संस्कृति

साप्ताहिक राशिफल [वैशाख ०३ गते आइतबारदेखि वैशाख ०९ गते शनिवारसम्म]

मेष [चू चे चो ला ली लु ले लो अ]
यो साता मध्यम फली रहला । सोचेका कतिपय कामना अधुरा रहे पनि नयाँ तथा दीर्घकालिन सोचका कामहरु सम्पन्न होलान् । घर–परिवार र छर–छिमेकमा शुभ कामले हौसला थपिने छ । कानुनी जटिलता दुर हुनेछन् । तर कतिपय ब्यक्तिगत काममा हानी हुने योग रहेको छ । साताको सुरुमा यात्रा सुखद बन्ने छ । भावना,कल्पनामा अधिकतम समय व्यतित बन्ने छ । सिर्जनामा विशेष रुची बन्ने छ । लेनदेनमा विशेष गरी सावधान रहनु पर्ने बेला छ । समयलाई चिन्न नसक्दा प्रतिफलमा न्यूनता आउने छ । रमणीय स्थान भ्रमण गर्ने बेला रहेको छ । सार्थक विषयमा रुची बन्ने छ । बोलीको कारण विवाद बढ्ने स्थित बन्ने छ । साताको मध्यतिर माया, प्रेम सम्बन्ध जागृत हुनेछ । नचिताएको काम बन्ने छ । कार्य क्षेत्रमा देखिएका बाधा दुर होलान्् । मित्रता अरु दिगो रुपमा विकसित हुनेछ । शिक्षा र स्वास्थ्यमा खर्च बढ्ला । कुल पितृको लागि केही गर्ने बेला आएको छ । सीमित कामको उचित नतिजाले उत्साह थपिने छ । साताको अन्त्यतिर अशुभ समाचारले चिन्ता बढ्ने छ । रोक्किएका काम बन्ने छन् तर धनको कुरामा चनाखो रहनु होला डुब्ने, गुम्ने योग छ । समग्रमा साताको ०३, ०५, ०७ र ०९ गते विशेष रहलान् । राशि स्वामी – मङ्गल, शुभ रत्न – मुँगा, शुभ दिशा – पूर्व, शुभ रंग – रातो, शुभ अंक – ०१ । 

वृष [इ उ ए ‌ओ वा वी वु वे वो]
आफ्ना विचारको कदर हुनेछ । रमणीय स्थान भ्रमण हुने र शुभ समाचार सुन्न पाइने समय रहेको छ । जीवनको महत्वपूर्ण कार्यको सुरुवात हुनेछ । पारिवारिक तिक्तताका बीच ठुलो निर्णय लिन पनि पछिपरिने छैन । कानुनी अफ्ट्याराहरु देखा पर्लान् । सामाजिक र व्यक्तिगत जीवनमा महत्वपूर्ण कार्यको योग रहेको छ । साताको सुरुमा स्वास्थ्य सम्बन्धी कार्यमा खर्च बढ्ला । अशुभ समाचार सुन्नु पर्नेछ । रोक्किएका काम बन्न थाल्ने छन् । वैवाहिक जीवनमा मित्रको साथ रहने छ । यात्रा सम्भव होला । तर ब्यापार, व्यवसायको परिणाम भने त्यति राम्रो नदेखिने योग रहेको छ । सीमित कामको लागि अधिक धन व्यय होला । साताको मध्यतिर कुल पितृको उद्दारको लागि लागिने छ । कार्य क्षेत्र केही विवादित बन्न सक्ने छ । हतारमा गरेको निर्णयले पछुतो होला। विवादकाबीच पनि सोचेका काम बन्ने छन् । आर्थिक विषयमा लाभ होला । यात्रा कस्टकर बन्ने देखिएको छ । मितेरी सम्बन्धले उत्साह थपिने छ । इच्छित कामना पुरा हुनेछन् । परिवारमा शुभ कार्य सम्पन्न होलान् । कार्य व्यस्तताकाबीच मित्रता बढाउने विषयमा सफल भइने छ । साताको अन्त्य भने सबै कार्य सिद्धिको लागि उत्तम रहेको छ । समग्रमा साता मिश्रित फली रहला । साताको ०३, ०५, ०६ र ०८ गते विशेष रहलान् । राशि स्वामी – शुक्र, शुभ रंग – सेतो, शुभ रत्न – हिरा, शुभ दिशा – दक्षिण, शुभ अंक – ०७ ।

मिथुन [का कि कु घ ङ छ के को हा]
मिथुन राशिको लागि साता मिश्रित फली रहला । अधिकतम कामना पुरा हुनेछन् । शिक्षा र स्वास्थ्यमा अधिक धन व्यय हुनेछ । नसोचेको कामको लागि अधिक धन व्यय होला । मित्रता केही कमजोर रहने छ यसतर्फ सजग रहनु होला । साताको सुरुमा मातृभूमिको लागि केही गर्ने सोच बन्ने छ । अधुरा कामना पुरा होलान् । सामाजिक र राजनीतिक कार्यमा विशेष लगाव हुनेछ । विगतको कामको परिणामले उत्साह थपिने छ । रोक्किएका काम बन्न थाल्ने छन् । तर मानासिक अशान्तिको कारण आफ्नै निर्णय हुनेछ । अरुको भरमा बस्नु पर्ने बाध्यताको अन्त्य होला । आफूलाई लागेका आरोप मिथ्या सावित हुनेछन् । असहज अवस्थामा पनि समान प्रतिफल आउला । साताको मध्यतिर अचानक यात्रामा निक्लनु पर्ने हुन सक्छ । यात्रा सहज रुपमा अघि बढ्ने छ । वैवाहिक जीवनमा खुसी छाउने छ । आफूलाई लागेका आरोप मिथ्या सावित हुनेछन् । कानुनी रुपमा अघि बढ्न सहज हुनेछ । साताको अन्त्यमा अधिक धन व्यय होला । कार्य व्यस्तता अनुसारको प्रतिफल समेत नआउने देखिएको छ । समग्रमा साताको ०४, ०५, ०७ र ०९ गते विशेष रहेका छन् । राशि स्वामी – बुध, शुभ रंग – हरियो, शुभ रत्न – पन्ना, शुभ दिशा – पश्चिम, शुभ अंक – ०३ । 

कर्कट [ही हु हे हो डा डि डु डे डो]
सहयोगीहरु बढ्ने छन् । कार्य दक्षताको लागि ध्यान दिने बेला छ । सिप र कलाको क्षेत्रमा प्रगति होला । यो साता कार्यक्षेत्र सम्वृद्धिको लागि उत्तम रहेको छ । स्वास्थ्यको लागि भने त्यति उपयुक्त नहुने पनि देखिएको छ । आफूलाई प्रिय लाग्ने बस्तु प्राप्त गरिने छ । साताको सुरुमा आर्थिक विषयमा लाभ हुनेछ । वैवाहिक जीवनमा नयाँ खुसी थपिने छ । वैचारिक रुपमा आफूलाई अग्र स्थानमा राख्न सफल भइने छ । मित्रता अरु दिगो रुपमा अघि बढ्ने पनि देखिएको छ । आफ्ना कारण अरुलाई लाभ पुग्दा खुसी बढ्ने छ । घरमा शुभ काम सम्पन्न हुनेछ । आयु र आरोग्यता बढ्ने छ । सोचेको काम ढिलो गरी पुरा हुनेछ । आयु र आरोग्यता बढ्ने छ । साताको मध्यतिर विवादका कतिपय अवशेष दुर हुनेछन् । अचानक धन गुम्ने, डुब्ने भय रहेको छ । पिता–पुर्खाको धनको लागि विवाद बढ्न सक्ने छ । मौकाको सहि अर्थमा सदुपयोग हुनेछ । वैवाहिक जीवनमा नयाँ खुसी थपिने छ । इच्छित कामना ढिलो गरी पुरा होलान् । साताको अन्त्यमा धेरै नसोचेका काम बन्ने छन् । स्वास्थ्य लाभ होला । समग्रमा साता मध्यम फली रहेको छ । साताको ०४, ०५, ०७ र ०८ गते विशेष उत्तम रहेका छन् । राशि स्वामी – चन्द्रमा, शुभ रंग –सेतो, शुभ रत्न – मोति, शुभ दिशा – उत्तर, शुभ अंक – ०८ । 

सिंह [मा मि मू मे मो टा टी टु टे]
तपार्र्इंंको राशिको लागि साता उपलब्धिमुलक रहेको छ । कतिपय नसोचेका कार्य सम्पादन हुनेछन् । बिग्रेका काम बन्न थाल्ने छन् । सोचेको व्यक्तिको साथ पाइने छ । यात्रा र सहकार्यको समय रहेको छ । साताको सुरुमा केही अवान्छनीय घटना बेहोर्नु पर्ने स्थिति नआउला भन्न सकिन्न । कार्य क्षेत्रमा भागदौड बन्ने र मेहनत अनुसार प्रतिफल नपाइने समय रहेको छ । सोचेको कुरा पुरा नहुँदा मानसिक अशान्ति होला । विगतको कामको उचित नतिजा प्राप्त नहुने कुराले काम गर्ने जाँगर मरेर आउने छ । आय र व्ययको समान स्थिति देखा पर्नेछ । भोलिको लागि भलो सोचेर गरेका कतिपय काम बन्ने छन् । साताको मध्यतिर आफूमा नयाँ सोच र भाव आउने छन्, जुन भोलिको लागि उपयोगी होलान् । रोक्किएका काम बन्ने छन् । शिक्षा र स्वास्थ्यमा प्रगति हुनेछ । विवादित कुराको अन्त्य होला । सीमित कामको नतिजाले उत्साह थपिने छ । साताको अन्त्यमा धार्मिक कार्यमा रुची होला । जागिरमा पदोन्नति हुने योग छ । इच्छित कामना पुरा होलान् । तीर्थ व्रतको लागि उत्तम समय रहेको छ । समग्रमा साताको ०३, ०५, ०६ र ०९ गते विशेष रहलान् । राशि स्वामी – बुध, शुभ रंग – हरियो, शुभ रत्न – पन्ना, शुभ दिशा – दक्षिण, शुभ अंक – ०६ ।

कन्या [टो प पी पु ष ण ठ पे पो]
तपार्इंको राशिको स्वामि बुध उँचा स्थितिमा रहेकोले वाणी सम्बन्धी ब्यापार लाभकारक रहलान् । कार्य दक्षतामा वृद्धि होला । परिस्थिति अनुसार आफूलाई परिवर्तित गर्दै अघि बढ्ने बेला छ । भोलिको बारेमा सोचेर चिन्ता हुने बेला छ । कार्य सम्पादनमा तपाईंको भूमिका महत्वपूर्ण रहनाले परिवारमा सबैको साथ पाइने छ । विचार र व्यवहारमा एकरुपता ल्याउन सक्षम भइने छ । साताको सुरुमा नसोचेको काम सम्पन्न होला । वैवाहिक जीवनमा महत्वपूर्ण उपलब्धि हासिल गरिने छ । स्वास्थ्य लाभ रहला । माया, पिरतीमा सुधार देखिने छ । इच्छित कामना ढिलो गरी पुरा होलान् । रमाइला प्रसङ्गमा रम्न मन लाग्ने छ । यात्रा शुभ फलि रहेको छ । मित्रता दिगो रुपमा अघि बढ्ने छ । बोलीको कारण विवादमा परिने भय भने रहेको छ । साताको मध्यतिर ब्यर्थका कुरामा खर्च बढ्ला । मौसमी रोगको भय रहेको छ । सिर्जनामा रुची होला । अरुको भरमा बस्नु किमार्थ पनि सुखद हुने छैन । साताको अन्त्यमा शुभ समाचार सुन्न पाइने छ । समग्रमा साताको ०३, ०४, ०८ र ०९ गते विशेष रहेका छन् । राशि स्वामी –बुध, शुभ रंग – हरियो, शुभ रत्न – पन्ना, शुभ दिशा – दक्षिण, शुभ अंक – ०६ । 

तुला [र री रु रे रो ता ती तू ते]
केही नयाँ कामको थालनी होला । यात्रामा सहजता थपिने छ । मौकाको सदुपयोगबाट उचित लाभ आर्जन गर्न सक्षम भइने छ । वैवाहिक जीवनमा तनाव आउन सक्ने छ । विगतको शुभ कामको प्रभावले गर्दा अब अघि बढ्न सहज हुनेछ । रोक्किएका काम बन्न थाल्ने छन् । आफूलाई प्रिय लाग्ने बस्तु प्राप्त गरिने छ । साताको सुरुमा तपार्इंको व्यक्तित्व प्रति शंका गर्नेहरु भेटिने छन् । जीवनको महत्वपूर्ण कार्यमा दाग लाग्न सक्ने छ । बनेको कामको जस अरुले लेलान् जसले गर्दा अघि बढ्न गाह्रो हुनेछ । नसोचेको काममा समय व्यतित होला । मनमा कतिपय निराशाहरुले गर्दा अघि बढ्न असहजता थपिने छ । साताको मध्यतिर कार्य सफल होला । घरमा शुभ काम सम्पन्न होला । मेहनतको फल राम्रो आउने छ । अरुको भरमा बस्नु पर्ने बाध्यताको अन्त्य होला । साताको अन्त्यमा शुभ कामको लागि खर्च होला । बोलीको कारण हुने कतिपय ब्यापारबाट लाभ हुनेछ । उद्योग, ब्यापार लाभ दिनेवाला छ । समग्रमा साता मिश्रित फली रहेको छ । साताको ०४, ०६, ०८ र ०९ गते विशेष गरी शुभ फली रहने छन् । राशि स्वामी – शुक्र, शुभ रंग – सेतो, शुभ रत्न – हिरा, शुभ दिशा – पश्चिम, शुभ अंक – ०७ ।  

वृश्चिक [तो ना नी नू ने नो या यि यु] 
अरुलाई राम्रो गर्दा पनि जस नपाइने बेला छ । बोलीमा विशेष गरी सावधान रहनु पर्ला । सोचेको काम पुरा हुनेछ । यान्त्रिक विधिबाट गरेका काम बन्ने छन् । मौकाको सहि अर्थमा सदुपयोग गर्न सक्षम भइने छ । मेहनत अनुसारको प्रतिफल पाइने छ ।  साताको सुरुमा भेटघाट र भलाकुसारीबाट उचित निस्कर्ष निकाल्न सफल भइने छ । विवादित कुराको अन्त्य होला । अरुलाई कमजोर सम्झेर गरेका कुनै पनि काम सफल नहोलान् । रमाइला प्रसङ्गमा अधिक धन व्यय होला ।  परिस्थिति आफू अनुकूल बने पनि अरुले तपार्इंको कदमको आलोचना गर्न सक्ने छन् । सामाजिक सदभाव बढ्ने कुरामा तपार्इंको रुची हुनेछ । सही समयमा सहि निर्णयमा पुग्न नसक्नु कमजोरी हुनेछ । सोचेको कुरा आफन्तको असहयोगले गर्दा पुरा गर्न सकस पर्नेछ । साताको मध्यतिर सोचेका काम बन्ने छन् । माया, पिरतीमा सफल बन्ने बेला छ । योग र साधनामा विशेष रुची बढ्ने छ । लामो समयको प्रतिक्षा भने पुरा हुने देखिएको छ । सीमित कामको उचित नतिजा पाइने छ । साताको अन्त्य मध्यम रहला । समग्रमा साता मध्यम फली रहला । साताको ०३, ०६, ०७ र ०९ गते विशेष रहलान् । राशि स्वामी – मंगल, शुभ रंग – रातो, शुभ रत्न – मुँगा, शुभ दिशा – उत्तर, शुभ अंक – ०८ । 

धनु [य यो भा भी भू ध फा ढ भे]
तपार्इंको राशिको लागि साता उत्तम फली रहेको छ । नसोचेका काम बन्ने छन् । जागिरमा पदोन्नति हुनेछ । मौकाको सहि अर्थमा सदुपयोग हुनेछ । केही सानातिना कुरामा ध्यान नदिँदा सोचेको प्रतिफलमा न्यूनता आउन सक्ने छ । आर्थिक विषयमा लाभ होला । साताको सुरुमा नकारात्मक कुराले मानसिक अशान्ति दिन सक्नेछ । नैतिक मूल्य र मान्यताहरु खल्बलिन सक्नेछन् । तर तपार्इंको विचारको कदर गर्नेहरु पनि उत्तिकै पाइने छन् । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । अरुको भरमा बस्नु पर्ने बाध्यताको अन्त्य होला । अपरिचित व्यक्ति सहयोगी भएर आउने छन् । कार्य दक्षता बढ्ने देखिएको छ । साताको मध्यतिर कार्य क्षेत्रमा असाध्यै सुधार देखिने छ । आफ्नो कामको उचित मूल्याङ्कन होला । आफूद्वारा सृजित बस्तुको उचित मूल्य हात लाग्ने छ । कृषि र साहसिक काममा लाग्ने बेला छ । शुभ समाचार सुन्न पाइने छ । घरमा शुभ कार्य सम्पादन हुनेछन् । साताको अन्त्यमा तीर्थ, व्रत र शुभ कामको वातावरण बन्ने छ । मौसमी रोगको भय अन्त्य होला । समग्रमा साताको ०३, ०५, ०७ र ०९ गते विशेष रहलान् ।  राशि स्वामी – बृहस्पति, शुभ रंग – पहेँलो, शुभ रत्न – पुष्पराज, शुभ दिशा – पूर्व, शुभ अंक – ०४ ।
 
मकर [जो जा जी खी खू खे खो गा गी]
तीर्थ, व्रत र धार्मिक कार्यमा लगाव हुनेछ । मितेरी सम्बन्ध उँचा रहला । कार्य सम्पादनमा सुधार आउने र कामको जस पाइने समय रहेको छ । आर्थिक समस्याको जड कारक तत्व संगत हुने भएकोले संगतमा विशेष ध्यान दिनु जरुरी देखिएको छ । साताको सुरुमा वेमौसमी रोगको भय रहेको छ । अरुको लागि भन्दा आफ्नै लागि सोच्ने बेला आएको छ । वैदेसिक यात्राको लागि उत्तम समय रहेको छ । आपसी भेटघाट र भलाकुसारीले विग्रेका काम बनाउन सहयोग पुग्ने छ । जागिरमा पदोन्नति हुने योग छ । सामाजिक कार्यमा प्रतिष्ठा बढ्ला । साताको मध्यतिर नसोचेका काम सम्पन्न होलान् । मितेरी सम्बन्ध प्रगाढ होला । शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ । आफ्नो लागि भन्दा अरुको लागि सोचेर चिन्ता बढ्ने छ । मेहनतको उचित प्रतिफल आउने छ । साताको अन्त्यमा कतिपय नसोचेका काम सम्पन्न होलान् । समग्रमा साता मध्यम फली रहेको छ । साताको ०३, ०४, ०८ र ०९ विशेष रहलान् । राशि स्वामी – शनि, शुभ रंग – कालो, शुभ रत्न – निलम, शुभ दिशा – दक्षिण, शुभ अंक – ०७ ।

कुम्भ [गू गे गो सा सी सु से सो द]
तपार्इंको विचारले अरुलाई आकर्षण गर्न सजिलो हुनेछ । विवादित कुरा आफैँ हल हुनेछन् । भाग्यवल प्रवल रहँदा सोचेको भन्दा बढी राम्रो नतिजा आउने छ । रोग र शोकको भय बन्ने छ । वैवाहिक जीवनमा खुसी छाउने छ । मनमा केही नयाँ गर्ने उत्साह थपिने छ । साताको सुरुमा केही नकारात्मक कुराले मानसिक आशान्ति दिन सक्ने छ । यात्रा सुखद बन्ने छ । धर्म, कर्ममा अरुचि बन्न सक्ने छ । योग र साधनामा रुची बढ्ने छ । प्राकृतिक विपदको सामना गर्नु पर्ने हुन सक्ने छ । मनमा केही नयाँ गर्ने उत्साह थपिने छ । अरुको भरमा बस्नु पर्ने बाध्यता हल हुनेछ । निश्चित समयमा निश्चित कार्य सम्पादन गरी अघि बढ्न सफल भइने छ । साताको मध्यतिर माता, पिताको आशिर्वचनको लागि केही गर्ने बेला छ । रोक्किएका काम बन्न थाल्ने छन् । घरमा शुभ कार्य सम्पन्न होला । आफूलाई लागेका आरोप मिथ्या सावित हुनेछन् । साताको अन्त्यमा शुभ काममा लगानी हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । यात्रा सफल होला । समग्रमा साता उत्तम फली रहेको छ । साताको ०३, ०५, ०७ र ८ गते विशेष रहलान् । राशि स्वामी – शनि, शुभ रंग – कालो, शुभ रत्न – निलम, शुभ दिशा – दक्षिण, शुभ अंक – ०७ ।

मीन [दि दू थ भ ञ दे दो चा ची]
यो साता बृहस्पतिको शुभ प्रभावका कारण उत्तम रहला । व्यक्तिगत कामना पुरा होलान् । सामाजिक मान, सम्मान र प्रतिष्ठा बढ्ने छ । आर्थिक लेनदेनका विषयमा आफूलाई लाभ हुनेछ । बोलीको कारण हुने कतिपय ब्यापारबाट लाभ हुनेछ । वैवाहिक जीवनमा नयाँ खुसी थपिने छ । साताको सुरुमा केही नकारात्मक सोचले गर्दा आरोप सहनु पर्नेछ । गुमेको धन पाइने छ । पारिवारिक समस्या भने अरु प्रवल हुनेछ । मित्रता केही कमजोर रहन सक्ने छ । कार्य दक्षताको कारण सबैले तपार्इंको कुराको अनुशरण गर्ने छन् । मितेरी सम्बन्ध अरु प्रगाढ हुनेछ । साताको मध्यतिर कार्य क्षेत्रमा सुधार आउने छ । राजनीतिमा विशेष लाभ हुने बेला छ । रमाइला प्रसङ्गमा रम्न मन लाग्ने छ । नैतिक रुपमा आफूलाई अघि बढ्न सहज हुनेछ । प्रेम र सदभाव बढ्ने छ । साताको अन्त्य भने धेरै कुराको लागि उत्तम नरहन सक्ने छ । आरोप, प्रत्यारोप लाग्न सक्ने छन् । चिनजानका मान्छेको असहयोग रहला । कार्य दक्षतामा कमजोरी आउन सक्ने छ । समग्रमा साताको ०३, ०४, ०६ र ०८ गते शुभ रहेका छन् । स्वामी – बृहस्पति, शुभ रंग – पहेँलो, शुभ रत्न – पुस्पराज, शुभ दिशा – उत्तर, शुभ अंक – ४ ।

यसमा तपाईंको मत

मनोरञ्जन

थप