सूचना/प्रविधि

विद्युत प्राधिकरण भन्छ –देशलाई लोडसेडिङ मुक्त गराउने अभियानमा सहयोग गरौं

काठमाडौं, ५ वैशाख, नेपाल विद्युत प्राधिकरणले देशलाई लोडसेडिङ मुक्त गराउने अभियानमा सहयोग गर्न अपील गरेको छ ।
 
प्राधिकरणले लोडसेडिङ्ग न्यूनिकरण गर्दै ग्राहकवर्गहरुमा नियमित विद्युत आपूर्ति हुने गरी आपूर्ति र माग व्यवस्थापन गर्न प्रयासरत रहेकाले यो अभियानमा सघाउन आग्रह गरेको हो ।

बढ्दो चिसो तथा सुख्खायामको कारण नदीहरुमा पानीको बहाव कम हुनगई विद्युत उत्पादनमा कमी हुने भएकाले भएकोले विद्युतको माग व्यवस्थापनको लागि प्राधिकरणको अभियानमा सघाउन आग्रह गरिएको हो ।

प्राधिकरणले विद्युत खपत हुने विभिन्न कार्यहरु नगर्नसमेत अनुरोध गरेको छ ।

ती कार्यहरु यस्ता छन् –
१, अन्य बल्बहरुको तुलनामा बढी आयु र प्रकाश दिने लेड प्रयोग गरेमा विद्युत खपत कम हुने र दिर्घकालिन रुपमा अन्य वल्वको तुलनामा सस्तो पर्न जाने भएकाले लेडको प्रयोग गर्ने ।

२, पिकलोड समय (विहानः६ः००–९ः०० र बेलुका ४ः३०–८ः३०) मा
आइरन, रुम हिटर, इमर्सन हिटर, पानीतान्ने पम्प, एयर कण्डिसनर, इलेक्ट्रिक गिजर, वाशिङ्ग मेशिनजस्ता उपकरण प्रयोग नगरिदिन ।

३, रुम हिटर, ईमर्सन हिटर, एयर कन्डिस्नर, इलेक्ट्रिक गिजारलगायतका बढी विद्यतु खपतगर्ने उपकरणहरु सम्भव भए सम्म पिकलोडका अतिरिक्त अन्य समयमा समेत प्रयोग नगरिदिनुहुन ।

३, कोठामा मान्छे नहुँदा बत्ती लगायतका विद्युतीय उपकरणहरु स्वचालित रुपमा बन्द हुने मास्टर कि स्वीचको प्रयोग गर्ने व्यवस्था मिलाउनुहुन ।

४, पिकलोड समय साँझ (४ः३०–८ः३०) बजेसम्म साना–ठूला सम्पूर्ण उद्योग नचलाउने, उद्योगहरुमा ऊर्जा परिक्षण गराई उपलब्ध विद्युत शक्तिको अधिकतम उपयोग गर्ने, उद्योगमा क्यापासिटर बैंक अनिवार्यरुपमा जडान गर्ने व्यवस्था मिलाउनुहुन ।

५, कार्यालय तथा उद्योग परिसर एवं सडकमा कम विद्युत खपत गर्ने लेड वल्व प्रयोग गर्न र सो को लागि दिनमा निभ्ने गरी स्वचालित स्वीचको प्रयोग अनिवार्यरुपमा गर्न, जथाभावी बत्ती नबाल्न र सौर्य सडकबत्ती प्रयोग गर्नुहुन ।

६, विद्युत चुहावट भए–गरेको पाईएमा सो को सूचना प्राधिकरणको नजिकको कार्यालयमा दिई सहयोग गरिदिनुहुन ।

 

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप