विचित्र संसार

८६ वर्षे वृद्ध शेरचनको जोशै बेग्लै, सगरमाथा आरोहण सुरु

म्याग्दी, ४ वैशाख, भुरुङ तातोपानीका ८६ वर्षीय हिमाल आरोही मीनबहादुर शेरचनले पुनः सगरमाथा आरोहण सुरु गरेका छन् ।
 
वि सं २०६५ मा ७६ वर्षका उमेरमा सगरमाथाको आरोहण गरेका शेरचन पृथ्वीमाताको रक्षा, मानवताको कल्याण र विश्व शान्तिको कामना गर्दै आफ्नो गुमेको विश्व कीर्तिमानलाई कायम गराउन सगरमाथा आरोहणमा निस्केका हुन् ।

ज्येष्ठ नागरिकका तर्फबाट पहिलो पटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भए पनि पछि ८० वर्षीय जापानी युचिरो मिउराले सो कीर्तिमान तोडेपछि शेरचन पुनः सगरमाथा चढ्न लागेका हुन् ।

शेरचनले आठ हजार आठ सय ४८ मि अग्लो सगरमाथा आरोहण गर्न सफल भएमा पुनः ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गर्ने कीर्तिमान कायम गराउने छन् ।  

काठमाडौँबाट हेलिकप्टरमार्फत नाम्चे पुगेका शेर्पा र सहयोगीसहितको शेरचनको सगरमाथा आरोहण दलको सात सदस्यीय टोलीले सोमबारदेखि पदयात्रा थालेको ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियानका’ संयोजक जितबहादुर घर्ती मगरले जानकारी दिए । उनका अनुसार करिब नौ दिनमा सगरमाथाको आधार शिविरमा पुग्ने गरी योजना बनाइएको छ ।

उनले आधार शिविरबाट समगरमाथा आरोहण सुरु गरेपछि मौसम अनुकूलतालाई ध्यानमा राखी सगरमाथाको शिखरमा पुगेर नेपाली झन्डा फहराउने छन् ।

शेरचनलाई यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली झण्डा हस्तान्तरण गरिसकेकी छिन् ।

स्वेच्छाले शिखर आरोहण गर्न लागेका शेरचनले भने –“म उमेरले बूढो भए पनि आँट बुढो भएको छैन, स्वास्थ्य अवस्था पनि राम्रो रहेकाले आरोहण सफल हुन्छ ।”

विसं २०७२ सगरमाथा आरोहण गर्न आधार शिविरतर्फ प्रस्थान गरेका शेरचन ‘गोरखा भूकम्प’का कारण आधार शिविरबाट आरोहण स्थगन गरी फर्कन बाध्य भएका थिए ।

भूपू गोरखा सैनिक शेरचनले दुई सय दुई किमीको काठमाडौँ–पोखरा यात्रा चार दिन र एक हजार २८ किमिको मेची–महाकाली यात्रा २० दिनमा पैदलयात्रामार्फत पूरा गरेका थिए । रासस

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...