विश्व

उत्तरपश्चिम चीनमा पहिरो, आठ जना बेपत्ता

सिआन (चीन),४ वैशाख, चीन उत्तर–पश्चिम प्रान्त साआन्सीमा सोमबार गएको पहिरोमा परी आठ व्यक्ति बेपत्ता भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

साआन्सी प्रान्तको आन्काङ सहरको बैहे ग्रामीण इलाकामा रहेको एक सात तले भवन स्थानीय समयानुसार सोमबार बिहान ११ः५८ मा सो पहिरोको कारण भत्किएको देशको प्रचारप्रसार विभागले जानकारी दिएको थियो ।

यस भवनमा ११ घरपरिवारका ३९ व्यक्तिको बसोवास रहँदै आएको थियो । प्रारम्भिक अनुसन्धानमा आठ व्यक्ति हराइरहेको जानकारी दिएको थियो ।

यो ग्रामीण इलाका एक हप्ता अगाडिबाट जारी भारी वर्षाका कारण पीडित थियो । यो घटना अनुसन्धानरत रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् । रासस/सिन्ह्वा

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप