समाज

कतारमा बस्दै आएका ४० वर्षे नेपाली राति सुत्न गए बिहान निधन

गौशाला, ३ वैशाख, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको शनिबार राति कतारमा मृत्यु भएको छ ।

पटक पटक गरी करिब १० वर्षदेखि कतारमा बस्दै आएका मण्डल राति खाना खाएर सुत्न गएको र बिहान उनको मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका दाजु सीयाशरण मण्डलले बताए ।

रामशरण पहिलेदेखि बिरामी रहेको र कतारमा बिरामी निको नहुने देखिएपछि नेपालमै गएर औषधि गर्ने भन्दै केहीदिनदेखि घर जाने तयारी गर्दै आएकामा उनको सुतेकै अवस्थामा मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका भतिजा सुरेश मण्डलले बताए ।

मण्डलसहित उनका दाजु, भतिजा र अन्य १०÷१२ जना आफन्त कतारमै काम गर्दैै आएका थिए र उनी बिरामी परेपछि पटक पटक उपचार पनि गराइएको थियो ।

मृतक मण्डलको जन्मभूमि जलेश्वर नगरपालिका–७ स्थित घरमा बिहान ४ बजेदेखि नै रुवावासी चलेको छ ।

मृतक मण्डलको आमा, पत्नी र तीन स–साना छोराछोरी रहेका छन् । रासस

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप