विश्व

१९ औं शताब्दीकी एक्ली महिलाको ११७ वर्षको उमेरमा मृत्यु

इटाली, ३ वैशाख, विश्वकी सबैभन्दा बढी उमेरकी महिलाको निधन भएको छ । इटालीकी ११७ वर्षकी एम्मा मोरैनोको मृत्यु भएको हो ।

१९ औं शताब्दीमा जन्मिएर पनि जीवित रहन सफल एम्मा एक्लो व्यक्ति थिइन् ।

उनको जन्म १८९९ को नोभेम्बर २९ मा इटालीमा भएको थियो ।

उनी तीन शताब्दीसम्म जीवन जीउन सफल भइन् । यस क्रममा दुईवटा विश्वयुद्ध तथा इटालीमा ९० भन्दा बढी सरकार देखिन् ।

आठ भाईबहिनीमा सबैभन्दा जेठी उनले ९० वर्षसम्म दैनिक तीनवटा अण्डा खाने गरेकी थिइन् । दुई वटा त काँचै हुने गर्दथे ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप