शिक्षा

सरकारले दक्षिण अमेरिकी मुलुक पढ्न जान नेपाली विद्यार्थीलाई प्रतिबन्ध लगायो, कारण यो छ कि !

काठमाडौं, ३ वैशाख, शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको छ ।

त्यहाँका मुलुकमा विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले चिली लगायत दक्षिण अमेरिकी मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ नदिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा हरिहर प्रसाद लम्सालले बताए ।

उच्च शिक्षा अध्ययनका लागि गत वर्ष अध्ययन भिसामा चिली गएका ४२ जना विद्यार्थी अलपत्र परेका थिए ।

यसलार्य आधार मानेर तत्काल शिक्षा मन्त्रालयले यो विषय नसुल्झिएसम्म दक्षिण अमेरिकी मुलुकमा नपठाउने निधो गरेको हो ।

 

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप