मनोरञ्जन

चलचित्र 'झमकबहादुर' बन्ने, मुख्य भूमिकामा अनुप बिक्रम

काठमाडौँ, २ वैशाख, नेपालीपनको झल्को दिने चलचित्र 'झमकबहादुर' को निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले यो चलचित्र निर्माणको घोषणा गरेको हो । नेपाली समाजमा अझै पनि विकृतिका रुपमा रहेको धनी र गरिबबीचको द्वन्द्वलाई यो फिल्ममा देखाउन खोजिएको छ । यो चलचित्र यूबी फिल्मस् ग्यालरीले निर्माण गर्न लागेको हो ।

चलचित्र 'झमकबहादुर' मा खलनायकको भूमिकामा चर्चा कमाएका नायक अनुप बिक्रम शाहीको मुख्य भूमिका रहने छ । चलचित्रमा मीन बहादुर तामाङ, यादव प्रसाद देवकोटा, सुजाता थापा, कल्याण अधिकारी, नियोना गुरुङ, राजु कमेडी, प्रबिन श्रेष्ठ र बाल कलाकार सुमिना दाहालको पनि भूमिका रहने बताइएको छ ।

राजेन भूजेलले लेखेको यो चलचित्रको स्क्रिप्टलाई भोमन कटुवालकोे निर्देशन गर्ने छन् । तारादेवी गुरुङ, आर्जन खड्का र जेनी रेग्मीले निर्माण गर्न लागेको यो चलचित्र काठमाडौँ र पोखरामा छायाङ्कन हुने बताइएको छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...