सूचना/प्रविधि

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा फेरी तालाबन्दी गर्दै धर्ना

काठमाडौँ, ३० चैत, सप्तरी शाखामा देखिएको समस्या समाधानको माग गर्दै सप्तरीका पत्रकारहरु नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा धर्नामा बसेका छन् । ‘सप्तरी पत्रकार महासंघमा अवैधानिक हस्तक्षेप बन्द गर, विधान सम्मत जिल्ला अधिवेशन सम्पन्न गर’ भन्ने मुख्य माग राख्दै उनीहरु आजबाट धर्नामा बसेका हुन् । 

सप्तरी शाखामा झण्डै दुई वर्षदेखिको विवाद केन्द्रीय पदाधिकारीहरुको ब्यापक उदासिनता र गैरजिम्मेवारीपनाले गर्दा समाधान हुन नसकेको आरोप लगाउँदै उनीहरु केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै अनिश्चितकालिन धर्नामा बसेका हुन् ।

'यसअघि विवाद समाधान गर्न हाम्रा मागसहितको ज्ञापनपत्र केन्द्रीय कार्यालयमा पटक–पटक बुझाईसकेको, सप्तरीस्थित महासंघका सबै पूर्व अध्यक्ष ज्यूहरुसमेत सप्तरीको विवाद समाधान गर्न केन्द्रीय पदाधिकारीहरुलाई पटक–पटक आग्रह गरिसकेको अवगत गराउन चाहन्छौं' आज जारी विज्ञप्तिमा भनिएको छ ।

आफ्ना माग सम्बोधन हुन नसकेपछि पछिल्लो पटक पुनः मिति २०७३ चैत २७ गते तीन दिने अल्टिमेटमसहितको जानकारी पत्र केन्द्रीय कार्यालयमा बुझाएको पनि उनीहरुले जनाएका छन् । तर उक्त समयसीमा भित्र माग सम्बोधन नभएपछि पूर्वनिर्धारित कार्यक्रमअनुरुप नै आजबाट धर्नामा बसेको जनाएका छन् । 

'यसअघि महासंघको केन्द्रीय कार्यसमितिले सप्तरीमा देखिएको विवादलाई मध्यनजर गर्दै गत फागुन ७ गतेको जिल्ला अधिवेशन अनिश्चितकालकालागि स्थगित गरेको थियो । तर, उक्त विवाद समाधानै नगरी पछिल्लो पटक आउँदो वैशाख ७ गतेभित्र अधिवेशन गराउनुपर्ने महासंघको केन्द्रीय कार्यालयले जनाएपछि हामी आश्चर्यचकित हुँदै विवाद समाधानकालागि संघर्षमा उत्रिन बाध्य भएका छौं' विज्ञप्तिमा भनिएको छ ।

अनसनकारीका मागहरु
१. विधान सम्मत सप्तरी शाखामा भएका कामकाजलाई अनुमोदन गर्नुपर्ने,
२. प्रक्रिया पूरा गरेका सबै सदस्यहरुको नवीकरण गरिनुपर्ने,
३. विवाद समाधान गरी अविलम्ब शाखा सप्तरीको अधिवेशन गराउनुपर्ने ।
४. निरंकुश तरिकाले बन्द गरिएको सप्तरी शाखाका बैंक खाताहरु फुकुवा गर्नुपर्ने ।

धर्नाकारीहरु
श्रवणकुमार देव, काबा अध्यक्ष, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
सुधा देव, सहसचिव, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
मनोज माझी, कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
भुषण सिंह, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
चन्दन यादव, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
बृजमान तमाङ्ग, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
राजकुमार पासवान, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
जितेन्द्र खड्गा, सल्लाहकार, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
अवधेशकुमार झा, केन्द्रीय सदस्य, नेपाल प्रेस यूनियन
देवराम यादव, केन्द्रीय उपाध्यक्ष, प्रेस सेन्टर नेपाल
रामनारायण विश्वास, काबा अध्यक्ष, नेपाल प्रेस यूनियन, सप्तरी
गोपाल गुप्ता, अध्यक्ष, प्रेस सेन्टर नेपाल, सप्तरी
जितेन्द्रकुमार झा, सचिव, संघीय प्रेस फोरम, सप्तरी
धर्मपाल राउत, कोषाध्यक्ष, संघीय प्रेस फोरम, सप्तरी
बैधनाथ यादव, साधारण सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
माला कर्ण, साधारण सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
कृष्णकुमार मण्डल, साधारण सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप