शिक्षा

स्नातक तह दोस्रो वर्षको मौका परीक्षा खुल्यो

काठमाडौँ, ३० चैत, त्रिभुवन विश्वविद्यालयले ३ वर्षे स्नातक तह दोस्रो वर्षका पुराना विद्यार्थीकालागि मौका परीक्षा खोलेको छ । त्रिविले २०७४ सालमा लिइने मौका परीक्षाका लागि २०५८ सालमा प्रथम वर्षमा क्याम्पस भर्ना भई २०५९ सालमा प्रथम वर्ष पहिलो पटक परीक्षा दिई ७ वर्ष नाघी उत्तीर्ण हुन नसकेका परीक्षार्थीहरुलाई अन्तिम पटकलाई मौका परीक्षाको व्यवस्था गरेको हो । 

प्राइभेट तर्फ २०५९ सालमा प्रथम वर्षको पहिलो पटक परीक्षा दिई ७ वर्षे अवधि नाघेर उत्तीर्ण हुन नकसेका परीक्षार्थीले पनि यो मौका परीक्षामा सामेल हुन पाउने छन् । त्रिविका अनुसार त्यस्ता विद्यार्थीहले २०६८ सालमा दोस्रो वर्षको परीक्षा पहिलो पटक दिएको हुनु पर्नेछ । त्रिविले मानविकी, कानुन, व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र तर्फका आंशिक विद्यार्थीहरुका लागि यस्तो मौका परीक्षा दिन पाउने व्यवस्था गरेको हो । 

मौका परीक्षा दिन पाउने र इच्छुक विद्यार्थीहरुले आगामी २०७४ साल जेठ ४ गतेभित्र सम्बन्धित क्याम्पस वा परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा आवेदन फारम बुझाई सक्नु पर्नेछ । विस्तृत विवरण तलको सूचनामा हेर्नुहोलाः

यसैगरी त्रिविले ३ र ४ वर्षै स्नातक तह दोस्रो वर्षको नियमित तथा प्राइभेट र पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुकोलागि पनि परीक्षा फारम खुलाएको छ । सो परीक्षा फारम पनि आगामी २०७४ साल जेठ ४ गतेभित्र बुझाईसक्नु पर्ने व्यवस्था गरिएको छ । विस्तृत विवरण तलको सूचनामा हेर्नुहोलाः

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप