मनोरञ्जन

चलचित्र घोषणा कार्यक्रममै अभिनेत्री कविता रोएपछि......

काठमाडौं, ३० चैत, मंगलबार काठमाडौंमा नयाँ चलचित्र ‘बोबी’ को घोषणा कार्यक्रममा अभिनेत्री अचानक रुन थालेपछि उपस्थित सबै अचम्ममा परेका छन् ।

निर्देशक मिलन चाम्सले पत्रकार सम्मेलन गरी चलचित्र निर्माणको घोषणा गर्दै गर्दा अभिनेत्री कविता तामाङ रोएकी हुन् । कविताले बोबीबाटै नेपाली चलचित्र उद्योगमा डेब्यु गर्दैछिन् ।

किन रोइन् त उनी ? उनी ‘मेरो जिन्दगीकै सबैभन्दा ठूलो उपहार मिल्दै छ’ भन्दै उनी रोएकी हुन् ।

‘बोबी’ एउटा प्रेमजोडीको यथार्थ जीवनमा आधारित फिल्म हो । पात्र उनै अभिनेत्री कविता र उनका श्रीमान् उमेश थापा हुन् । यो जोडीकै प्रेमकथामा फिल्म बनाउन लागिएको हो ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप