शिक्षा

विद्यालयमा बहुभाषिक शिक्षा प्रणाली हचुवाका भरमा लागु नगर

गोपाल काफ्ले, पथरी, २७ चैत, विद्यालयमा बहुभाषिक शिक्षा प्रणाली हचुवाका भरमा लागु गर्न नहुने धारणा शिक्षा क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुले बताएका छन् । शिक्षा विभागद्वारा आज विराटनगरमा आयोजित 'शिक्षाको माध्यम र शिक्षाका भाषाहरु, विद्यालय शिक्षामा शिक्षणको माध्यम' विषयक कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । 

मातृभाषामा शिक्षा दिने व्यवस्था कठिन हुने र दीर्घकालिन समस्या सिर्जना हुन सक्नेमा सहभागीहरुले आशंका व्यक्त गरेका थिए । सुरुमा मातृभाषा, फेरी बहुभाषा र उच्चशिक्षा अङ्ग्रेजी भाषा अनिवार्य गर्दा सिकाई उपलब्धी शुन्य हुने सम्भावना रहेको शिक्षाक्षेत्रमा कार्यरत सहभागीहरुको भनाई थियो । 

कार्यक्रममा शिक्षा विभागका उपनिर्देशक नारायण सुवेदी, पूर्वाञ्चलका १४ जिल्लाका जिल्ला शिक्षा अधिकारी, शिक्षा क्षेत्रका जानकार, सञ्चार क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप