शिक्षा

मोन्टेश्वरी विद्यालयको मनलाग्दी र त्रिविको सेमेस्टर प्रणालीप्रति संयुक्त विद्यार्थी सङ्गठनको ध्यानाकर्षण

काठमाडौँ, २६ चैत, संयुक्त विद्यार्थी सङ्गठनले निजी शैक्षिक संस्थाको मनपरी विरूद्ध गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । शुक्रबार नेविसंघ केन्द्रीय कार्यलय धोविधारामा बसेको बैठकले मोन्टेश्वरी र अन्य निजी शैक्षिक संस्थाले शिक्षालाई व्यापार गर्ने माध्यमको रूपमा विस्तार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् । 


विद्यार्थी सङ्गठनहरुले यस्तो मनपरी तत्काल रोक्न सरोकारवालाहरूलाई आग्रह पनि गरेका छन् । बैठकले मोन्टेश्वरीले मासिक एक लाख बढी शुल्क उठाएको, अन्य निजी शैक्षिक संस्थाले जथाभावी शुल्क उठाउनुका साथै सरकारले तोकेको शुल्कको मापदण्डमा नबसेको, पुस्तक, ड्रेस र आवश्यक अन्य शैक्षिक सामग्रीमा सिन्डीकेट लादी व्यापार गर्ने गरेको बताएका छन् । बैठकपछि संयुक्त हस्ताक्ष्ररमा प्रकाशित एक विज्ञप्तिमार्फत उनीहरुले यस्तो रवैयाप्रती खेद प्रकट गर्दै समयमै शैक्षिक अराजकता रोक्न जोडदार माग पनि गरेका छन् । त्यस्तै बैठकले दुरदराजका गाउँमा हुने पुस्तक अभावलाई समयमै निराकरण गर्न पनि माग गरेको छ ।

त्यस्तै सरकारी छात्रवृत्ति समानताका साथ पारदर्शी बनाउन, अवैधानिक रूपले खोलिएका शैक्षिक संस्थाको पहिचान गरी तत्काल बन्द गर्न र विना तयारी तथा विना पूर्वाधार थालिएको त्रिविको सेमेस्टर प्रणाली तत्काल रोकी पूर्वाधारको समुन्नत विकास गरेर र तुरून्त खुला विश्वविद्यालयको स्थापना गरेर मात्र लागु गर्न पनि त्रिभुवन विश्वविद्यालयसँग माग गरेका छन् ।

बैठक नेपाल विद्यार्थीसंघका अध्यक्ष नैनसिंह महरको सभापतित्वमा भएको थियो । बैठकपछि जारी विज्ञप्तिमा ने.वि.संघ अध्यक्ष महर सहित अनेरास्ववियुकी कार्यबाहक अध्यक्ष रस्मी आचार्य, अखिल क्रान्तिकारीका उपाध्यक्ष विजयदेव भट्टराई, रा.प्र.वि.स.का अध्यक्ष राजिव लामिछाने, नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष निरज लवजु, तराई मधेस विद्यार्थी फ्रन्टका अध्यक्ष मनिस मिश्र र क्रान्तिकारीका अध्यक्ष सेमन्तराज भण्डारीको हस्ताक्षर रहेको छ ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप