मनोरञ्जन

'आमाको काख...' लिएर आए रचनाकार 'रिजन राना'

काठमाडौँ, २५ चैत, राजकुमार बगर र दिवान किनार जस्ता वरिष्ट गीतकार तथा संगीतकार जन्माएको तनहुँ थर्पुले फेरी अर्को नव गीतकार रिजन राना मगरलाई जन्माएको छ । उनी पछिल्लो समय लोक गीतको रचनाकारका रुपमा चर्चामा छन् । उनकै शब्द सिर्जनामा रहेको 'आमाको काखमा टुहुरी' लोक गीत यति बेला चर्चामा छ । 

आमा र छोराको हृदय स्पर्शी यो गीतका शब्दहरु निकै मार्मिक रहेका छन् । भिडियो दृश्यले झनै सुनमा सुगन्ध थपेको छ । रविन गुरुङले निर्देशन गरेको यस गीतमा छोरीको भूमिकामा अभिनय गरेकी प्रतिमा गुरुङ र बाल कलाकार सुनिता गुरुङले पनि ज्यादै राम्रो अभिनय गरेका छन् । यो गीतको भिडियोलाई युट्युबमा राखिएको छ ।

यसमा तपाईंको मत

मनोरञ्जन

थप