कृषि

असिना पानीबाट गहुँ, दलहन बाली उत्पादनमा कमी आउने

कलैया, १४ चैत, यही फागुन २७, चैत ७ र १२ गते परेको असिना पानीबाट पु¥याएको क्षतिले उत्पादनमा करिब २५ प्रतिशतले कमी आउने कृषि विकास कार्यालयले जनाएको छ ।

यसवर्ष गहुँ २८ हजार ९०० हेक्टर, मकै चार हजार ६३५ हेक्टर र दलहन ११ हजार ७८० हेक्टर जमिनमा खेती गरिएको र गहुँ तथा दलहन बाली भित्र्याउने तयारी गरिरहेका किसान मारमा परेका हुन् । 

असिनाले पु¥याएको क्षतिका कारण  गहुँ २५, दलहन २५ र मकै १५ प्रतिशतले उत्पादनमा कमी आउने कार्यालय प्रमुख शिवरत्न साहले बताए ।

बालीको बिमा गरेका कृषकलाई बिमा कम्पनीले क्षतिपूर्ति दिने भएकाले  बिमा नगरेका कृषक भने समस्यामा परेका छन्  । 

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप