अर्थ

शनिअर्जुन नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक

केशव राज भण्डारी, झापा, २७ पुस, झापाको शनिअर्जुन नगरपालिकाले आ.व. २०७४/०७५ को नीति तथा बजेट सार्वजनिक गरेको छ । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुको प्रमुख आतिथ्यता तथा शनिअर्जुन नगरपालिकाका कार्यकारी प्रमुख मनोज राउतको अध्यक्षतामा आज नगर स्तरिय बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

सो कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, वुद्धिजीवि, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, विभिन्न दलका सभासद लगायत नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । वडा स्तरबाट छनौट भएर आएका योजनाहरुलाई प्राथमिकिकरणका आधारमा नगर स्तरीय राजनीतिक दलका प्रतिनिधि, सभासद, नगर प्रमुख लगायतको सहभागितामा बजेट छनौटको अन्तिम रुप दिइ बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । 

वाह्य श्रोतबाट प्राप्त हुने अनुदान रु ७९७३९००० मध्ये निसर्त पूँजिगत अनुदान ३३३०५००० चालु अनुदान ३९६००००, शसर्त पुँजिगत अनुदान ४२४७४००० सडक वोर्डबाट प्राप्त हुने १२०००००, भवन निर्माण तर्फ १०००००००, सौर्य सडक बत्ति ३६७८०००, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत १४५५०००, ठुला पूर्वाधार विकासका लागि १०००००००, नगर क्षेत्र विकास पूर्वाधार कार्यक्रमका लागि १६१४१०००, साथै मालपोत रजिष्ट्रेशन शुल्क वाँडफाँडबाट प्राप्त हुने रु ५००००००, प्राकृतिक श्रोत उपयोग वाँडफाँडबाट प्राप्त हुने २०००००, आन्तरिक आय १६०८७३५४, गत वर्षको अल्या ८७५०००० गरी जम्मा १०२९५५०००, (सामाजिक सुरक्षा भत्ता वाहेक) को अनुमानित आय चौथो नगर परिषदबाट पारित गर्ने निर्णय भए अनुसार, गत परिषदबाट परित गरिएको यथार्थ तथा संसोधित आयलार्इ समर्थन दिँदै चालु आ।व। २०७३÷०७४ को लागि नगरपालिकाको संसोधित आय १०२३६९३५४ समेत पारित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री जवेगुले  मुलुकलाई सम्वृद्धि तिर डोर्याउनुको विकल्प नभएको भन्दै सम्पूर्ण नागरिकहरुमा आ–आफ्नो राजनीतिक विचारहरुको समस्टिगत रुप नै लोकतन्त्र भएको प्रष्ट पारे । वडा नागरिक मञ्च, नागरिक समाज, नगरपालिकामा कार्यरत कर्मचारीको कामप्रति खुसी ब्यक्त गर्दै मन्त्री जवेगुले हरेक नगरपालिका विभिन्न दृष्टिकोणबाट सुसम्पन्न हुनुपर्नेमा जोड दिए । 

धुले सडकहरुकोबीचबाट हरेक नगरपालिकाहरुले भविश्य खोजीरहेको कुरा बताउँदै मन्त्री जवेगुले अबका हरेक नगरपालिका कालोपत्रे बाटोबाट वञ्चित नहुन् भन्नका लागि हरेक नगरपालिकामा ९२ लाख १६ हजार अनुदान वितरण भएको र सो अनुदान सकेर थप १ करोड अनुदान दिने कुरा बताए । राज्यमन्त्री जवेगुले इलाम जिल्लाले सो अनुदान रकम खर्च गरिसकेको र अब थप १ करोड अनुदान पाउने पनि बताए । साथै नगरपालिकालाई आवश्यक इकुपमेन्ट उपलब्ध गर्न, गराउन चाँडो भन्दा चाँडो नगरपालिकाले सिफारिस गरी पठाउन अनुरोध गर्दै सो फाइललाई जतिसक्दो चाँडो अगाडि बढाइदिने कुराको पनि मन्त्री जवेगुले प्रतिवद्धता जनाए ।

अर्को प्रसङ्गमा राजनीतिक सहमतिका साथ स्थानीय निकायको निर्वाचन मिति चाँडै तय हुने पनि मन्त्री जवेगुले विश्वास ब्यक्त गरे ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप