पत्रपत्रिकाबाट

उपत्यकाका सबै नदी किनारमा करिडोर बन्दै, जाम व्यवस्थित गर्ने उपाय

काठमाडौं, २८ पुस, सरकारले उपत्यकाका प्रत्येक नदीकिनारमा करिडोर विस्तार गर्ने तयारी गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको बढ्दो बस्ती र सवारी जाम व्यवस्थित गर्न करिडोर निर्माण विस्तार अघि बढाएको हो ।

विस्तार भइरहेका र बाँकी करिडोरलाई तीव्र रुपमा अघि बढाउने लक्ष्य रहेको उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

उनका अनुसार सुन्दरीजल–कुपण्डोलसम्म वागमती नदीको दायाँबायाँ करिडोर निर्माणको काम भइसकेको छ ।

वागमती, विस्णुमति, मनोहरा, नख्खु, बल्खु, कर्मनासा, कोडकु, साङले र महादेव खोला धोबी खोला लगायतमा करिडोर निर्माणका लागि सरकारले पहिले नै निर्धारण गरिसकेको उनले बताए । (कान्तिपुर दैनिकबाट)

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...