समाज

अदालत आएपछि न्याय पाउने वातावरण बनाउन प्रधानन्यायाधीश कार्कीको निर्देशन

खोटाङ, २७ पुस, प्रधानन्यायाधीश सुशीला कार्कीले कानुनी उपचारका लागि अदालत आउने सेवाग्राहीको काममा ढिलाइ नगर्न न्यायाधीशहरुलाई निर्देशन दिएकी छिन् ।

खोटाङ जिल्ला अदालतको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले अदालतबाट न्याय पाउन लामो समयसम्म पर्खनुपर्दा जनतामा वितृष्णा सिर्जना हुने भएकाले न्याय सम्पादनमा तदारुकता देखाउन मातहतका न्यायाधीशलाई निर्देशन दिएकी हुन् ।

“अदालतको फैसला लामो समयसम्म पर्खनुपर्दा खर्च समेत बढी हुन्छ” प्रधानन्यायाधीश कार्कीले भनिन् – “निमुखा, गरिब र पिछडिएका व्यक्तिले केही जाने सुनेका हुँदैनन्, त्यसैले उनीहरुको समस्यालाई पहिलो प्राथमिकतामा राखेर चित्तबुझ्दो काम गरिदिनुहोस् ।”

प्रधानन्यायाधीश कार्कीले न्यायपालिका भनेको सबैको आस्था र धरोहरको केन्द्र भएको उल्लेख गर्दै “न्यायपालिकामा पक्षपात हुनु हुँदैन, समयमा फैसला कार्यान्वयन हुन्छ, त्यो नै उच्च इन्साफ हो भनिन् । ”

रु तीन करोड ८९ लाख ५२ हजारको लागतमा सो भवन निर्माण भएको जनाएको छ । रासस

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप