अर्थ

‘नेपालको पानी जनताको लगानी’ अन्तर्गत सन्ताउन्न करोड बढीको लगानी प्रतिबद्धता

काठमाडौँ, २६ पुस, ‘नेपालको पानी जनताको लगानी’ नाराअन्तर्गत ऊर्जा मन्त्रालयले जनस्तरमा गरेको आह्वानअनुसार आज साँझसम्म रु ५७ करोड ६४ लाख ९४ हजार ४८१ बराबरको प्रतिबद्धता प्राप्त भएको छ ।

ऊर्जा मन्त्रालयले स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना अगाडि बढाउने भन्ने लक्ष्यका साथ अनलाइनमार्फत नागरिकको प्रतिबद्धता खोजेको छ । ऊर्जामन्त्री जनार्दन शर्माका स्वकीय सचिव वसन्त शर्माका अनुसार आज साँझसम्म नौ हजार १६५ जनाले लगानीको प्रतिबद्धता गरेका छन् ।

हालसम्म संस्थागत लगानीका लागि छ कम्पनीले लगानीको प्रतिबद्धता जनाएका छन् । त्यसमा संस्थागत लगानी रु दुई करोड ४६ लाख २५ हजार रहेको छ । ऊर्जा मन्त्रालयले सोमबार मात्रै एक वेबसाइट सार्वजनिक गर्दै सोहीमार्फत लगानीका लागि आग्रह गरेको थियो ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप