खेलकुद

इमेज च्यानल आठौं मिडिया कप फुटबलको सेमिफाइनलमा

काठमाडौं, २६ पुस, इमेज च्यानल आठौं मिडिया कप फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह 'बी' को लिग खेलमा इमेजले रेडियो नेपाललाई ३–२ ले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो । सेमिफाइनल पुग्ने पहिलो टोली बनेको इमेजको जितमा अरुण बराल, पेम्बा लामा र 'म्यान अफ द म्याच' योद्धा थापाले १–१ गोल गरे । रेडियो नेपालबाट पुनित बस्नेत र रवि महर्जनले १–१ गोल फर्काए । तीन टिम रहेको समूह 'बी' मा यसअघि इमेजले अन्नपूर्ण पोष्टलाई हराएको थियो ।

प्रतियोगिताअन्तर्गत बुधबार डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप र एपी वान टेलिभिजन तथा एभिन्युज र नेपाल टेलिभिजनबीच खेल हुनेछ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप