खेलकुद

एपीएफ र न्युडायमण्डको संयुक्त अग्रता

काठमाडौँ, २६ पुस, चीरपरिचित प्रतिद्वन्द्वी विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ र नैकापको न्युडायमण्ड एकेडेमीले १२औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा संयुक्त रुपमा अग्रता बनाएका छन् । नयाँबसपार्कमा मंगलबार एपीएफले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–१ ले हराएपछि अघिल्लो दिन शीर्ष स्थानमा रहेको न्युडायमण्डसँग अंक बराबरी गर्यो । चौथो दिनको खेलमा एपीएफले पश्चिमाञ्चलसँग पहिलो सेट २२–२५ ले गुमाएको थियो । 

यद्यपि लगातार तीन सेट २५–१२,२५–७ र २५–१५ ले आफ्नो पक्षमा पार्दै ३ अंक बटुल्यो । एपीएफ र न्युडायमण्डले ४ खेलबाट अपराजित रहदै समान १२ अंक बनाएका छन् । आफ्नो पहिलो खेल पराजय बेहोरे पनि दोस्रो खेलमा पश्चिमाञ्चलले सफलता हात पार्दै २ खेलबाट ३ अंक बटुलेको छ । पश्चिमाञ्चलले विजेश्वरी ज्ञानमन्दिरलाई २५–११, २५–३ र २५–८ को सोझो सेटमा हराउदै लिगमा
पहिलो सफलता हात पार्यो ।

फोटो : पश्चिमाञ्चल (पहेलो पोसाक) र एपीएफबिचको खेल ।

त्यसैगरी अर्को विभागीय टिम नेपाल आर्मीले न्युडायमण्ड स्पोर्ट्स क्लबलाई २५–२२,२५–१७ र २५–१२ को सोझो सेटमा हराउँदै तीन अंक जोडेको छ । आर्मीले ४ खेलबाट ९ अंक बटुलेको छ । अर्को खेलमा पनि न्युडायमण्ड स्पोर्ट्स क्लबले पराजय बेहोर्यो । उसलाई आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले २५–१५,२५–९ र २५–१९ को सोझो सेटमा हरायो । ढोरपाटन ४ खेलबाट ५ अंक बनाउन सफल भयो ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...