समाज

पूर्वप्रम ओलीले गरे दमकमा आकासे पुलको उद्घाटन

दमक, २६ पुस, नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक राष्ट्रिय हितविरुद्ध भएकाले संसदबाट पारित हुनै नसक्ने बताएका छन् । झापाको दमकमा निर्मित आकासे पुलको आज उद्घाटन गर्दै उनले तराई र पहाड टुक्र्याउने तथा जाति, भाषा र विभिन्न धर्मावलम्बीबीच अखण्ड ल्याउने कुनै पनि निर्णय स्वीकार गर्न नसकिने बताए ।

उनले सरकारले लुकिछिपी संसदमा संविधान संशोधन विधेयक दर्ता गरे पनि त्यो पारित हुन नसक्ने ठोकुवा गर्दै भने–“देशको अहित हुने विषयमा एमाले सहमत हुन सक्दैन् ।”

हालको प्रदेश टुक्र्याएर हिमाल, पहाड र तराईको आत्मीयता भड्काउ गर्ने कसैको कुचेष्टा भए त्यस्तो सपना कसैले नदेख्न उनले सुझाउ दिँदै भने –“हिमालदेखि तराईसम्मको भू–भाग टुक्र्याउने कुनै पनि बहाना हामीलाई स्वीकार्य छैन् ।” संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै उनले अबको निर्वाचनबाट एमालेको सरकार बन्ने दाबी गरे ।

विकासमा कसैले सौदाबाजी गर्नु नहुने भन्नुहुँदै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले ल्याएको विकास निर्माण योजनाले गति लिँदै गएको विचार राखे ।

सो अवसरमा पूर्वकानुनमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य अग्नि खरेल, सांसद महेन्द्रकुमारी सुब्बा, झापाका स्थानीय विकास अधिकारी खेमराज ओझालगायतले आकासे पुलको महत्वको विषयमा बोलेका थिए ।

दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालका अनुसार दमकको मुख्य चौकमा निर्मित सो फलामे पुलको कुल लागत रु एक करोड १४ लाख ४१ हजार ८६३ रहेको छ । जसमा नगरपालिकाको रु ४० लाख ४८ हजार ८६३ र नेपाल सरकारको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु ७३ लाख दुई हजार ५६२ रहेको छ ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप