पर्यटन/संस्कृति

अन्टारटिकाको सर्वोच्च शिखरमा सन्जयले फहराए नेपालको झण्डा (फोटो फिचर)

काठमाडौँ, २६ पुस, विश्वको सातौ ठूलो महादेशको सातौँ ठूलो सर्वोच्च शिखर अन्टारटिकाको भिन्सोंन मसिफमा कीर्तिमानी विश्व पर्वतारोही सन्जय पण्डितले नेपालको झन्डा फहराएका छन् ।  नेपाली झन्डासँगै पण्डितले भादगाउले टोपी शिरमा लगाएर  पनि पर्दशन गरेका छन् । उनले यहि जनवरी ४ तारिखका दिन भिन्सोंन मसिफमा पाइला राख्न सफल भएका हुन् ।

पण्डितले हिजो सोमबार  मात्र  अन्टारटिकाको अर्को चर्चित पर्वत माउन्ट रजडम्यान  आरोहण गरेका छन् । पण्डित सहितको टोलीले दक्षिण मोहडाबाट सफलता पूर्वक आरोहण गरेका थिए । उनि करिब ५ मिनेट माउन्ट रजडम्यानमा अर्ध नग्न भएर नेपाली राष्ट्रिय झन्डा फरफराउन सफल भएका छन् । 

योसँगै पण्डित उक्त हिमाल आरोहण गर्ने नेपालकै पहिलो पर्वतारोही बने ।  पण्डितलाई १० पटक सगरमाथा आरोहण गर्न सफल अमेरिकी विश्व चर्चित आरोही वर्न तेजासले गाइड गरेका थिए भने क्यानाडाका  एलन किलर आरोही सहयात्री रहेका थिए । 

पण्डितले मौसम निकै प्रतिकुल हुँदा पनि आफूले सफल आरोहण गरेको हुनाले अन्टारटिका अभियानमा सहयोग गर्ने सबैलाई शिखरबाट धन्यवाद दिएका छन् ।


Photos: Vern Tejas 

यसमा तपाईंको मत

धेरै पढिएको

थप

मनोरञ्जन

थप