खेलकुद

भारतीय क्रिकेटर सौरभ गांगुलीलाई मार्ने धम्की

कोलकाता, २६ पुस, भारतीय क्रिकेट स्टार सौरभ गांगुलीलाई मार्ने धम्की दिइएको छ । गत शनिबार गांगुलीकी आमा निरुपालाई चिठ्ठी लेखेर जेड आलम गरेको व्यक्तिले मार्ने धम्की दिएको हो ।

चिठ्ठीमा मिदनापुर विद्यासागर विश्वविद्यालयको अन्तरकलेज क्रिकेटमा प्रमुख अतिथिका रुपमा जाँदै गरेका गांगुली सो कार्यक्रमा गए मार्ने चेतावनी दिइएको हो ।

चिठ्ठीमा गांगुलीकी आमालाई त्यो कार्यक्रममा गर्ए छोराको अनुहार देख्न नपाउने चेतावनी दिइएको छ ।

सो कार्यक्रम यही जनवरी १९ तारिखमा हुँदैछ । चिठ्ठीमा धम्की आएपछि गांगुलीले प्रहरीलाईसमेत खवर गरेका छन् ।

भारतका सफल कप्तानमा गनिने गांगुली पछिल्लो समय भारतीय क्रिकेट बोर्डको अध्यक्षका लागि इच्छुक देखिएका छन् । यसबीचमा आएको धम्कीलाई भने विश्वकै क्रिकेटरको ध्यान तानेको छ ।

 

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप