खेलकुद

मिडिया कप फुटबलः कान्तिपुर र एपीको जित

 काठमाडौं, २५ पुस, डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप र एपी वान टेलिभिजनले आठौं मिडिया कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् ।

 नेपाल ओलम्पिक संग्राहलयको आयोजनामा भइरहेको प्रतियोगिताको समूह ‘ए’ को  लिग खेलमा कान्तिपुरले नेपाल टेलिभिजन (एनटीभी) लाई २–१ गोलले पराजित ग¥यो । कान्तिपुरका नवीन खड्काले दुवै गोल गरे । एनटीभीका सुशील अधिकारीले सान्त्वना गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘ए’ कै अर्को लिग खेलमा एपीले एभिन्युजलाई ५–१ गोलले हरायो ।

एपीका लागि प्रसित हुमागाईंले ह्याट्रिक गरे भने शंकर खड्का र सुवास समलले १–१ गोल थपे । एभिन्युजका सञ्जय श्रेष्ठले १ गोल फर्काए ।

मंगलबार हुने समूह ‘बी’ को एक मात्र खेलमा रेडियो नेपालले इमेज च्यानलसंग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप