समाज

चितवनमा जनयुद्धका शहिद तथा बेपत्ताहरुको स्तम्भ

पौष २५, भरतपुर, पूर्वी चितवनको वीरेन्द्रनगरमा जनयुद्धका शहिद तथा बेपत्ताहरुको स्तम्भको अनावरण गरिएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सो स्तम्भको अनावरण गरेका हुन् ।

चितवनको राजनीति र विकासबारे बोल्दै प्रधानमन्त्रीले भने, 'चितवन आफैँमा पनि राजनीतिक र सामाजिक आन्दोलन र जागरणको केन्द्र हो । हिजो परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको चितवनले अब विकास र समृद्धिको नेतृत्व  गर्नुपर्छ । मैले छिटै चितवनको विकासको प्याकेज अगाडि सार्नेछु । त्यसमा तपाईंहरुको सकारात्मक सहयोग र ऐक्यवद्धताको अपेक्षा गरेको छु ।'

कार्यक्रममा प्रधानमन्त्रीले राजनीतिक निकासका साथै आर्थिक समृद्धिमा आफ्नो ध्यान गएको बताउँदै भने, 'राजनीतिक स्थिरताले मात्रै विकासका काममा तिब्रता पाउन सक्छ । तर, राजनीतिक विवादका कारण विकास निर्माण र आर्थिक समृद्धिको खाका प्रभावित हुनु हुँदैन । मैले देशव्यापी रुपमा ठूला आयोजनाहरुको निरीक्षण र अनुगमन गरिरहेको छु । विकास र समृद्धिलाई केन्द्रमा राखेर देश दौडाहामा छु । अब कुनै पनि बहानामा विकासका काममा अवरोध गर्नु हुँदैन ।'

एक अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्यसँगै स्थानीय निर्वाचनको ढोका खुलेको बताएका छन् । उनले भने, 'संसदको गतिरोध अन्त्य भएको छ । हामीले असहमतिका बीच प्रक्रियामा सहमति खोजेका छौँ । संसदबाट निर्वाचन सम्बन्धी विधेयक अघि बढिसकेका छन्, अब स्थानीय निर्वाचनको ढोका खुल्यो, वैशाखमा निर्वाचन गर्ने गरी सरकारले छिटै स्थानीय निर्वाचनको मिति घोषणा गर्दैछ ।'

स्तम्भ अनावरण कार्यक्रममा माओवादी केन्द्रका नेताहरु अमिक शेरचन, जोखबहादुर महरा, सूर्य सुवेदी लगायतको उपस्थिति थियो ।

यसमा तपाईंको मत

Loading...

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...