समाज

ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

सृष्टि सुनुवार, सोलुखुम्बु, २५ पुस, ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । शनिबार साँझ साढे ६ बजे सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट बेणी जुनबेसी तर्फ जाँदै गरेको लु ३ त ३६६३ नं. को ट्याक्टर दुर्घटना हुँदा महोत्तरी बर्दिबासका  करिब ३५ वर्षीय चालक राजु लामाको  घटना स्थलमै ज्यान गएको हो ।  

दुधकुण्ड नगरपालिका वडा नं. २ खाम्दे भन्ने स्थानमा विपरित दिशाबाट आउँदै गरेको ट्याक्टरलाई साइड दिने क्रममा दुर्घटना भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुका इन्चार्ज भेषबहादुर थापाले जानकारी दिए । शव आज बिहान जिल्ला अस्पताल फाप्लुमा ल्याइएको छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...