स्वास्थ्य

सोलुखुम्बु चाडै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने

सृष्टि सुनुवार, सोलुखुम्बु, २५ पुस, सन् २०१७ सम्म सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने लक्ष्य अनुसार सोलुखुम्बुको २७ वटा गाविस पूर्ण खोप सुनिश्चित घोषणा भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका कर्मचन्द्र राजवंशीका अनुसार आज केरुङ गाविसलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएसँगैँ जिल्लामा २७ वटा पूर्ण खोप सुनिश्चित गाविस घोषणा भईसकेका छन् ।

दुधकुण्ड नगरपालिका सहित देउसा र बासा गाविसमा घोषणा हुन बाँकी रहेको छ । दुधकुण्ड नगरपालिका क्षेत्रमा पर्ने सल्लेरी, तामाखानी, गार्मा  र बेणीमा महिला स्वास्थ्य स्वयमंसेविका र स्वास्थ्यकर्मीहरु नागरिकको घर घरमा पुगेर तथ्यांक संकलनको काम अन्तिम चरणमा पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

केही समयपछि प्राप्त तथ्याङ३कलाई प्रमाणिकरणको काम गरेर पूर्ण खोप सुनिश्चित घोषणा गरिने छ । १२ देखि २३ महिनासम्मका सबै बालबालिकाले १० वटा खोपको सबै मात्रा पुरा गरेपछि पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सकिने व्यवस्था छ ।

खोपको माध्यमबाट बालवालिकालाई विभिन्न प्राणघातक रोगबाट बचाउन सकिने भएकाले जन्मदेखि नै कुनै बालबालिका खोप लगाउनबाट बन्चित नहुन् भन्ने उददेश्यले विश्व स्वास्थ्य संगठनसँग नेपाल सरकारले प्रतिवद्धता गरे अनुसार यो कार्यक्रम सन्चालन भएको राजवंशीले जानकारी दिए।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप