विश्व

आइएसको आत्मघाती आक्रमणमा परी बाह्रको मृत्यु

बग्दाद, २५ पुस, इराकको राजधानी बग्दादको प्रमुख तरकारी बजारलाई लक्ष्यगरी आइतबार भएको  एक आत्मघाती बम विस्फोटमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । मोसुल शहरमा इराकी सुरक्षा बलसँग झडप गरिरहेका इस्लामिस्ट स्टेट (आइएस) जिहादी समूहले यस आक्रमणको जिम्मा लिएका छन् । इराकी सुरक्षा बलले गत अक्टोबर १७ बाट इराकी सहर मोसुलको पुनः नियन्त्रणको लागि कारबाही सुरु गरेका थिए ।

यस आक्रमणमा परी १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३९ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

जामिला तरकारी बजार बग्दादको प्रमुख थोक तरकारी बजारको रुपमा प्रचलित छ । आइएस आतङ्ककारी समूहले अनलाइनमार्फत एक विज्ञप्ति प्रकाशित गरी यस आक्रमणको दाबी गरेका छन् ।

गत जनवरी २ मा सिया मुसलमान समुदायको बाहुल्यता रहेको सदर शहरको विभाजन रेखामा कामको लागि पर्खिरहेका श्रमिकहरुबीच भएको विस्फोटमा परी कम्तीमा ३५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौ घाइते भएका थिए ।

यस आक्रमणको पनि आइएस आतङ्ककारी समूहले नै जिम्मा लिएका थिए । इराकमा सिया मुसलमान समुदायलाई लक्षित गरी बारम्बार आक्रमण हुँदै आएको छ ।

यसमा तपाईंको मत

Loading...

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...