खेलकुद

भारतको पन्जाव ११ लाई ५–० गोलले हराउँदै सुदूरपश्चिम ११ सेमिफाईनलमा

धनगढी, २४ पुस, धनगढीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्गत आईतबार भएको खेलमा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब विजयी भएको छ । यो जीतसँगै सुदूरपश्चिम ११ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रगशालामा भएको खेलमा भारतको पन्जाव ११ लाई ५–० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम ११ सेमिफाइनलमा प्रवेश गरेको हो । उसका लागि मनिराम चौधरीले ह्याट्रिक पुरा गरे भने प्रयण्य अन्जान र सुमीत दुवेले समान एक, एक गोल गरे । पहिलो हाफको १४ औँ मिनेटमा गोल गरेका जर्सी नम्बर १७ का मणिरामले पहिलो हाफको ४३ औँ मिनेटमा दोस्रो गोल गरे । दोस्रो हाफको ५९ औँ मिनेटमा तेस्रो गोल गर्दैै उनले ह्याट्रिक पुरा गरे ।

म्यान अफ द म्याच घोषित मनिराम चौधरीलाई नगद रु ५००० प्रदान गरिएको छ । सुदूरपश्चिम ११ का लागि पहिलो हाफको ३८ औँ मिनेटमा जर्सी नम्बर १६ का सुमित दुवे र दोस्रो हाफको अतिरिक्त समयको एक मिनेटमा जर्सी नम्बर ९ का प्रयण्य अन्जानले गोल गरेका हुन् ।

जितपछि प्रतिक्रिया दिँदै सुप ११ का कप्तान गजेन्द्र शाहीले सबै खेलाडीहरुको समन्वय र मेहनतले सानदार जित हासिल गर्न सफल भएको बताए । पञ्जाव फुटबल क्लबका कप्तान रिमी मेहराले आफूहरुको तालमेल नमिलेका कारण खेल गुमाएको बताए ।

प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेलमा संकटा क्लब र जगदम्बा लुम्बिनी तथा दोस्रो खेलमा दिल्ली युनाईटेड र सहारा क्लब पोखरा बीच प्रतिस्पर्धा हुने आयोजक सुदुरपश्चिम ११ फुटबल क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

पुस २१ गतेदेखि सुरु भएको गोल्डकप आगामी माघ १ गतेसम्म सञ्चालन हुनेछ । गोल्डकप विजेताले ५ लाख र उपविजेतालाई २ लाख ५१ हजार पुरस्कारको ब्यवस्था रहेको छ । गोल्डकपमा भारतका २, भुटानका १ र नेपालका ९ गरी १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यसमा तपाईंको मत

Loading...

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...