राजनीति

नाराबाजीबीच सदनमा संविधान संशोधन प्रस्ताव प्रस्तुत

काठमाडौँ, २४ पुस, सरकारले व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्तुत गरेको छ । नेकपा (एमाले) लगायत विपक्षी दलहरूको होहल्ला र नाराबाजीका बीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त संशोधन प्रस्तुत गरेका हुन् ।

त्यसअघि, सांसद प्रेम सुवाल र अर्का सांसद चित्रबहादुर केसीले बेग्लाबेग्लै प्रस्तुत गरेको संशोधन प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

सांसद सुवालले आफूले संविधानको दोस्रो संशोधनका निम्ति नभई प्रस्ताव नै फिर्ता लिन सदनसमक्ष विरोधको सूचना दिएको स्पष्ट गर्दै त्यसको खारेजीको पक्षमा आफू रहेको बताए । यसैगरी सांसद केसीले पनि विरोधको सूचना फिर्ता लिन नमानेपछि बैठकले उनीहरुको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको हो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही पुस २५ गते सोमबार दिउँसो १३ः०० बजे बस्नेछ ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप