विश्व

दक्षिण कोरियाली बौद्ध भिक्षुद्वारा आत्मदाह प्रयास

सोल, (दक्षिण कोरिया), २४ पुस, दक्षिण कोरियाली एक बौद्धभिक्षुले महाअभियोग लगाइएका राष्ट्रपति पार्क ग्यून हे विरुद्धको सडक आन्दोलनका क्रममा आइतबार आत्मदाह गर्ने प्रयास गरेका छन् । आत्मदाहप्रयासपछि बेहोस बनेका भिक्षुलाई स्थानीय एक अस्पतालमा उपचार सुरु गरिएको छ । उनको शरीरको केही भाग जलेको अवस्थामा सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

आत्मदाह गर्न खोज्ने करिव ६० वर्षे भिक्षुको नाम सार्वजनिक भने गरिएको छैन । एघारौँ हप्ताको पार्क विरोधी प्रदर्शनका क्रममा लाखौँ मानिसका बीचमा आत्मदाह प्रयास गर्ने भिक्षुले एक पत्र लेखी महाभियोग लगाइएका राष्ट्रपति पार्कलाई राष्ट्रघात गरेकोले उनलाई पक्राउ गर्न आग्रह गरेको योनह्याप न्यूज एजेन्सीले बताएको छ ।

पार्कमाथि पदीय मर्यादा विपरित काम गरेको भन्दै गत महिना संसद्ले महाभियोग लगाइएको थियो । रासस/एएफपी

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप