मनोरञ्जन

भारतीय कलाकार ओम पुरीको ६६ वर्षको उमेरमा निधन

काठमाडौँ, २२ पुस, बलिउडका मसहुर कलाकार ओम पुरीको ६६ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार बिहान हृदयघातका कारण पुरीको घरमै निधन भएको हो ।

पुरीले सयौँको संख्यामा हिन्दी, अङ्ग्रेजी र उर्दु फिल्म खेलेका थिए । उनी अभिनयका बादशाह पनि मानिन्छन् । त्यसैगरी उनको आवाज पनि धेरै डविङ फिल्ममा रेकर्ड गरिएको छ । ओम पुरीले 'आक्रोश', अर्धसत्य, गुप्त, जाने भी दो यारोँ, चाची ४२०, मालामाल विकली जस्ता फिल्ममा निक्कै सशक्त अभिनय गरेका छन् ।

मृत्युको स्वयम् घोषणा
पछिल्लो समय उनले आफ्नो मृत्युको बारेमा आफै घोषणा गरेको बताइएको छ । एक अन्तर्वार्ताका क्रममा पुरीले आफूलाई मृत्युसँग डर नलाग्ने तर विमारीसँग डर लाग्ने बताएका थिए । बीबीसीका पत्रकार आलोक प्रकाशले सोधेको प्रश्नको उत्तर दिँदै उनले आफूलाई विमारी भएर अरुको सहारामा बाँच्नु पर्छकी भन्ने चाहीँ ठूलो डर रहेको बताएका थिए । साथै उनले भनेका थिए, 'मेरो मृत्युको कसैलाई पनि थाहा हुने छैन । सुतेको सुतै मृत्युवरण गरिदिन्छु । मेरो मृत्युको बारेमा तपाईंले भन्नु हुनेछकी कलाकार ओम पुरीको हिजो निधन भयो ।'

वास्तवमै उनले भनेजस्तै भएको छ । उनी शुक्रबार विहान उठ्नु भन्दा अघि नै परलोक भइसकेका थिए । उनको मृत्यु कसैले पनि देख्दै पाएनन् । पुरीले भने झैँ मृत्यु हिजै भयो ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप