स्वास्थ्य

जिन्दगीभर खुशी हुने पाँच सामान्य अभ्यास, पढौं, प्रयोग गरौं, सेयर गरौं

काठमाडौं, २१ पुस, मानिस थोरैमात्र हाँसोका लागि केसम्म त्याग गर्न खोज्दैन । तर उसले त्यही हाँसो पाउने चाहना गर्दागर्दा आफ्नो ज्यानै मारिसकेको हुन्छ ।

कस्तुरीले नाभीको सुगन्ध थाहा नपाएजसरी हामी भौंतारिरहन्छौं खुशी खोज्दै । तर खुशी त तपार्इँमै छ । बस् प्रयोग गर्न जान्नु पर्ने रहेछ ।


नेपालबाटै आप्mनो खुशीको यात्रा सुरु गरेको व्यक्ति विश्वकै सबैभन्दा खुशी व्यक्ति हो भन्दा पत्यार नलाग्ला । तर यथार्थ यही हो ।
फ्रान्सका वैज्ञानिक म्याथ्यु रिकार्ड तिनै व्यक्ति हुन् जो सबैभन्दा खुशी छन् । ७० वर्षका म्याथ्यु २६ वर्षअघि उनका गुरुको निधनमा दुःखी भएका थिए ।


दार्जिलिङमा गुरु दिल्गो यिस्तेन रिन्पोचेबाट साधनारत उनी सन् १९७२ मा त्यहाँ गएका थिए । त्यहाँ उनका शिक्षकले उनलाई खुशी रहन सिकाए ।


अमेरिकी विश्वविद्यालयले १२ वर्ष लगाएर गरेको अध्ययन अनुसन्धानबाट उनी विश्वकै सबैभन्दा खुशी व्यक्ति कहलिएका हुन् ।

म्याथ्युको दिमागमा २५६ वटा सेन्सर लगाएर गरिएको अध्ययन अनुसार उनको दिमागमा खुशी राख्ने त्यस्तो गामा तरंग रहेछ जुन खुशीको स्तर बढाउन सक्रिय हुँदो रहेछ ।

म्याथ्युले खुशी रहन सिकाएका पाँच तरिका यस्ता छन् –

१,  बिहान उठ्ने बित्तिकै एकदेखि दुई मिनेटसम्म ठूला आँखा खोलेर पहेंलो रंगको आकृतिलाई सीधा हेर्नुस् । त्यसपछि आँखा ३० सेकेन्ड बन्द गर्नुहोस् । पहेंलो रंग खुशी र भविश्यको प्रतिक हो ।

२, हरेक घण्टा १० सेकेन्ड आफू बसिरहेको ठाउँबाट उठेर पहिले हात माथि गर्ने अनि आफ्नो कुनै सामाजिक प्राप्तिका बारेमा सोच्ने ।
३, आफूले जसलाई सबैभन्दा बढी मन पराइन्छ उसको खुशी झल्किएको वा हाँसेको तस्वीर एक मिनेटसम्म हेर्ने । यसलाई दैनिक २–३ पटक हेरे पुग्ने । व्यक्ति नभए हरियो घाँस हेरे पनि हुन्छ ।
४, चकलेट खाने । यदि आफूलाई तनाव महसुस भएको समयमा चकलेट खाँदा यसमा हुने पोलिफेनोल्स केमिकलले दिमागमा रहेको खुशीको गामालाई सक्रिय पार्छ ।

र, ५, जब तनाव वा दबाब महसुस हुन्छ तब मुख खोलेर हाँस्ने । मुख खोल्दा दिमागको अगाडिको खुशीको नसामा दबाब बढ्छ र हाँसोको गामा सक्रिय हुन्छ ।

 

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप