मनोरञ्जन

'लुट २' को ट्रेलर आज सार्वजनिक, फिल्म फागुन १३ मा (भिडियोसहित)

काठमाडौँ, २१ पुस, बहुप्रतिक्षित नेपाली चलचित्र 'लुट २' को ट्रेलर आज सार्वजनिक गरिएको छ । निश्चल बस्नेत निर्देशित पहिलो फिल्म 'लुट' को सिक्वेलको रुपमा यो फिल्म बनेको हो ।

एक समयको सुपरहिट चलचित्र 'लुट' कै नजरबाट हेरिएकोले 'लुट २' कस्तो बन्ने होला भन्ने दर्शकमा निक्कै कौतुहलता थियो । सो कौतुहलतालाई मेट्दै आज ट्रेलर सर्वजनिक गरिएको छ । 'लुट' कै फ्लेभरमा तयार गरिएको यो फिल्मले पुरानै कथालाई जोड्ने प्रयास गरेको छ । डाइलग, सिन पुरानो फिल्मकै स्वादमा छन् भने कलाकार पनि प्राय सबै 'लुट' कै दोहोरिएका छन् । तर पनि ट्रेलरले एक प्रकारको आनन्द दिन र पुरा फिल्मको अपेक्षा बढाउन सफल छ ।

युवा निर्देशक निश्चल बस्नेतद्वारा निर्देशित यो फिल्ममा सौगात मल्ल, कर्मा, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, प्रवीण खतिवडा, सिर्जना सुब्बा, कामेश्वर चौरसिया, सुशीलराज पाण्डे लगायतको मुख्य भूमिका रहेको छ ।

यो फिल्मका दृश्यलाई पुरुषोत्तम प्रधानले खिचेका हुने भने सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको यो फिल्मको कथा र स्क्रिनप्ले पनि निर्देशक निश्चल बस्नेतले नै लेखेका हुन् । यो फिल्मलाई आगामी फागुन १३ अर्थात २४ फेब्रुअरीमा रिलिज गरिने जनाइएको छ ।

यसअघि सार्वजनिक भएको 'ठमेल बजार...' बोलको गीत पनि निक्कै हिट भइसकेको छ ।
हेर्नुहोस् बहुप्रतिक्षित चलचित्र 'लुट २' को ट्रेलरः

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप