राजनीति

जनप्रदर्शनको पूर्वसन्ध्यामा आज एमालेको मोटरसाइकल र्याली

काठमाडौँ, २१ पुस, नेकपा (एमाले) लगायत नौ राजनीतिक दलको आयोजनामा शुक्रबार हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा आज बृहत् मोटरसाइकल र्याली निकालिएको छ । एमाले, नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायत नौ राजनीतिक दलले अपराह्न ३ बजे प्रर्दशनीमार्गस्थित भृकुटीमण्डपबाट मोटरसाइकल र्याली निकालेका हुन् ।

र्यालीको एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्याली त्रिपुरेश्वर, थापाथली, जावलाखेल, सातदोवाटो, कोटेश्वर, नयाँ बानेश्वर हुँदै पुनःभृकुटीमण्डपमा पुगी टुङ्गिएको थियो । र्यालीमा एमाले उपाध्यक्ष वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप