विश्व

कोरियाली राष्ट्रपति पार्कका वकीलको दाबी 'महाभियोग लगाउने कुनै आधार छैन'

सोल (कोरिया), २१ पुस, दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून हे माथि लगाइएको महाभियोग प्रस्तावउपर बिहीबार सुनुवाई हुने तयारी भइरहेको बेला उनका वकीलले राष्ट्रपतिलाई आफ्नो पदबाट छोड्नुपर्ने आरोपमा कुनै तुक नभएको दाबी गरेका छन् ।

दक्षिण कोरियाको संसद्ले राष्ट्रपति पार्कविरुद्ध लगाइएको महाभियोग प्रस्तावमाथि गत महिना मतदान गर्दै पार्कलाई दोषी ठहराएको थियो ।

पार्कका वकीलले पार्क विरोधी सडक सङ्घर्ष चर्काएर उनका समर्थक माझ भ्रम पैदा गर्न खोजिएको र संसदमा उनका विरुद्धको महाभियोग प्रस्तावमा आवश्यक बहुमतले मतदान गरेपनि पार्कलाई दोषी देखाइएका विषयमा उनको आफ्नै संलग्नता नरहेको बताए ।

पार्कमाथि लामो समयदेखि विश्वासिला मित्रका रुपमा रहेर काम गर्दै आएका साथी चोई सुन इलसँग मिलेर दशौ लाख अमेरिकी डलर बराबरको कोरियाली सेनाका लागि आएको सहयोग दुरुपयोग गरेको आरोप, दुई सामसुङ कम्पनीलाई एक गर्दा आफ्नो पदीय प्रभाव देखाएको लगायतका सत्ताको दुरुपयोग गरेका आरोप लागेका छन् ।

दक्षिण कोरियाको राष्ट्रिय सभाले पार्कलाई संवैधानिक अधिकारको दुरुपयोग गरेका भनी महाभियोग प्रस्तावलाई पारित गरेको छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...