मनोरञ्जन

रातो नम्बरको फन्दामा परेकी गायिका प्राश्ना पाण्डेको यस्तो खुलाशा !

काठमाडौँ, २१ पुस, गायिका प्रश्ना पाण्डेले सञ्चार माध्ययममा आफ्नो बारेमा आएको कुरा कपोकल्पीत, असत्य र भ्रामक भएको प्रष्ट पारेकी छिन् । बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गायिका प्राश्ना पाण्डेले हिजो अस्तिदेखि रातो नं.बाट फोन आउँदा खतरा हुने भन्दै आफ्नो फेसबुक वालमा हटस्क्रिन गरेर हालेको फोटोको बिषयलाई लिएर विभिन्न समाचार माध्यम मार्फत आफ्नो बारेमा आएको समाचार तथ्यपूर्ण नभएको र गलत नियतले आएको प्रष्ट पारेकी छिन् ।

उनले भनिन्, 'मैले जानेर यो विषयमा हाम फोलेकी होइन, न कुनै गलत मनसाय थियो, संजोग बस सामाजिक सञ्जालमा भाईरल बनेको विषय र मैले आफ्नो वालमा फोटो हाल्नुसँगै भयो ।'

सिआईबिले आफूलाई पक्राउ गरेर, तारेकमा छोडेको छ भन्ने समाचारले आफू र आफ्नो घर परिवार आफन्तजन र शुभचिन्तकहरूमा पर्न गएको नकारात्मक असरले आफूलाई दुखी तुल्याएको बताएकी छिन् ।

उनले भनिन्, 'मलाई सिविआईले पक्राउ गरेर एकरात हिरासतमा राखेर छोडेको विषय सरासर गलत हो, यस्ता असत्य समाचारको भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु, यसमा कुनै सत्यता छैन ।'

आफ्नो प्रचार र प्रशंसाको लागि रातो नम्बरबाट फोन आउँदा मरिन्छ भन्ने अर्थ राख्ने स्टाटस् हालेको विषयमा आफू अनविज्ञ रहेको प्रष्ट पारिन् । यसमा जोडेर जुन समाचार प्रकाशन र प्रसारण गर्ने समाचार माध्ययमले नसोची र वास्तविकता नबुझी भ्रम पर्ने जानेगरी बाहिर आएको असत्य खबरले चरित्र हत्या हुने र सम्बन्धित व्यक्तिको परिवारजनमा पर्ने असरलाई ध्यान नदिएकोमा दुखेसो पोखिन् ।

सिविआईका डिआईजी नवराज सिलवालले नै उनी यसमा निर्दोष रहेको र गलत समाचार प्रकाशन नगर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेको बताईन् । आफू कुनै हिरासतमा नबसेको भन्दै समाचारप्रति आफैँ अच्चमित परेको बताइन् ।

पाण्डेले बजारमा हल्ला पिटेको विषयको बारेमा आफूलाई केही जानकारी नभएको भन्दै, अञ्जानमा भएको एउटा पोस्टले यति धेरै असर पर्छ, अफवाह फिजाउँछ जस्ता कुरामा अनभिज्ञ रहेको पनि बताइन् ।

उनले भनिन्, 'रातो नम्बरबाट फोन आउँदा त्यो किसिमको फोन उठाएपछि मरिन्छ भन्ने हल्ला आफूले सुन्दै आएको र साच्चीकै साथीको मोबाइलमा रातो नं.बाट फोन आएको देखेपछि आफू अचम्मित भएर फेसबुकमा पोष्ट गरेकी थिएँ, त्यो कुराको बारेमा तथ्य नबुझी गलत समाचार बनाएकोमा खेद प्रकट गर्दछु, यस्ता तथ्यहीन कुरालाई समाचार बनाएर व्यक्तिगत जीवनमा असर पर्ने गरी समाचार लेख्नु उपयूक्त होइन, यस्तो नगरिदिन पनि आग्रह गर्दछु ।'  

आफ्नो नामसँग जोडिएर आएका विभिन्न समाचारहरू गलत भएको बताउँदै यस्ता समाचारको भ्रममा नपर्न आग्रह गर्दै, आफू निर्दोश रहेको बताईन ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप