विश्व

शान्ति सेनामाथि भएको आक्रमणको राष्ट्रसङ्घले गर्यो निन्दा

राष्ट्रसङ्घ (अमेरिका), २१ पुस, संयुत्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले बुधबार एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घको शान्ति स्थापनार्थ खटिएको समूहलाई लक्षित गरी मध्य अफ्रिकामा भएको आक्रमणको निन्दा गरेको छ ।

अफ्रिकी शहर जेमिओबाट ओबोका लागि इन्धन लिएर हिडेका ट्याङ्करलाई राष्ट्रसङ्घका शान्ति सेनाले सुरक्षा दिई हिडेका बेला उनीहरुमाथि मङ्गलबार भएको कारवाही घोर आपत्तिजनक भएको बताउँदै यसको राष्ट्रसङ्घ सुरक्षा परिषद्ले यसको आलोचना गरेको हो ।

घटनामा मोरक्कोका दुई शान्ति सेनाको मृत्युभएको थियो भने दुई जना अन्य घाइते भएका थिए । आक्रमणपछि अपराधी राजमार्गबाट स्थानीय झाडीतिर भागेको सुरक्षा परिषद्ले जनाएको छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...