समाज

हिमपातका कारण यातायात सेवा प्रभावित

सृष्टि सुनुवार, सोलुखुम्बु, २१ पुस, हिमपातका कारण यातायात सेवा प्रभावित भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुले जनाएको छ । सल्लेरी ओखलढुङ्गा सडकखण्ड अन्तर्गत पत्ताले डाडाँमा डेढ फिटसम्म हिउँ जमेपछि गाडी गुडाउन समस्या भएको हो ।

बुधबार बिहानदेखि हिउँ हटाउँदै गाडी चलाउन सहयोग गरिरहेको पत्ताले स्थित अस्थाई ट्राफिक प्रहरी पोष्टका ट्राफिक प्रहरी रामकुमार शाहले जानकारी दिए । काठमाडौँबाट सल्लेरी आउने र सल्लेरीबाट काठमाडौँ लगायत लामो रुटमा सन्चालन हुने सवारी साधन सन्चालनमा कठिनाई उत्पन्न भएको छ । दैनिक सय भन्दा बढि सवारी सन्चालन हुँदै आएको यो रुटमा सोमबारबाट यो संख्यामा कमी आएको छ । ट्राफिक प्रहरी शाहका अनुसार मुस्किलले १५ देखि २० वटा गाडी सन्चालन भएको छ ।  

यात्रुहरुलाई बीचमा ओरालेर पत्ताले नजिकैदेखि ठाडेसम्म डेढ घण्टा पैदल हिडेर आवातजावत गर्नुपर्ने अवस्था आएको छ । हिमपातका कारण बाटो चिप्लो भएर दुर्घटनाको जोखिम रहेकाले ट्राफिकको सुझावलाई मध्यनजर गर्दै सवारी चालक आफैंले सजगता अपनाउन अस्थाई ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुले आग्रह गरेको छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...