मनोरञ्जन

लोक रेग्मीको 'मिलन विछोड' नामक गीति एल्बम आउँदै

ईश्वर थापा, धनकुटा, २१ पुस, झापाको दमकमा जन्मिएका र हाल अमेरिका बस्दै आएका युवा रचनाकार लोक रेग्मीको 'मिलन विछोड' नामक गीति एल्बम बजारमा आउने भएको छ । स्कुले जीवनदेखि नै संगीत क्षेत्रमा प्रवेश गरेका उनी विगत ८ वर्षदेखि सांगीतिक यात्रामै छन्। उनले यसभन्दा पहिला रचना गरेका धेरै गीतहरुले चर्चा कमाइरहेका बेला पछिल्लो समय रेग्मीले रचना गरेका ५ वटा गीत समेटिएको एल्बम बजारमा आउन लागेको हो ।

एल्बममा रहेका सबै गीतमा संगीतकार राम सिटौलाले सुमधुर संगीत भरेका छन् भने गीतमा सुमधुर स्वर गायक प्रेम मोक्तानले दिएका छन् । एल्बममा ५ वटा आधुनिक गीत रहेका छन् ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...