सूचना/प्रविधि

गरिबी निवारण पुरस्कार पत्रकारहरू यादव, राई र चौधरीलाई

काठमाडौँ, १८ पुस,  हरेक वर्ष प्रदान गरिने ‘गरिबी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार’ विभिन्न विधाका तीन पत्रकारलाई आज प्रदान गरिएको छ । सो पुरस्कार यस वर्ष नेपाली राष्ट्रिय छापामाध्यम विधाअन्तर्गत भूषण यादव, विद्युतीय तथा अनलाइन सञ्चारमाध्यम विधातर्फ विद्या राई र  मोफसलका छापामाध्यम विधाअन्तर्गत राकेशप्रसाद चौधरीलाई प्रदान गरिएको हो । कोषद्वारा यहाँ आज आयोजित कार्यक्रममा वितरण गरिएको पुरस्कारको राशि जनही रु ४० हजार छ ।

सो अवसरमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले समृद्ध नेपाल निर्माणका लागि पहिला समाज, गाउँ र स्थानीय निकाय नै समृद्ध हुनुपर्नेमा जोड दिँदै त्यसका लागि निजी क्षेत्रको समेत सहयोग आवश्यक रहेको बताए । अर्थमन्त्री महराले नेपालका स्रोतसाधन प्रयोग गरेर नेपालमै रोजगारीको सिर्जना गर्नुपर्ने पनि औँल्याए ।

गरिबी निवारणसँग सम्बन्धित उत्कृष्ट समाचार, लेख तथा आलेखलाई पुरस्कृत गर्ने उद्देश्यले कोषले चार वर्षदेखि सो पुरस्कार उपलब्ध गराउँदै आएको कोषका उपाध्यक्ष युवराज पाण्डेले जानकारी दिए ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप