अर्थ

सल्लेरीमा पनि एटिएम सेवा सुरु

सृष्टि सुनुवार, सोलुखुम्बु, १८ पुस, राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सल्लेरीले एटिएम कार्ड प्रणाली सन्चालनमा ल्याएको छ । सल्लेरीमा एटिएम मेसिन आएको झण्डै २ हप्तापछि मेसिन जडान गरी आइतबारबाट सन्चालनमा ल्याइएको हो ।

बैंक कार्यालयको परिसर भित्रै रहेको एटिएम मेसिनको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आज एक कार्यक्रमका बीच  उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले अहिलेको युग प्रविधिको भएकोले सल्लेरीमा डिजिटल प्रविधिको बैंकिङ सेवा प्रवाह गरेकोमा राष्ट्रिय वाणिज्य बैंकलाई धन्यवाद ज्ञापन गरे ।

एटिएम मेसिनबाट सेवा सुचारु भएपछि एटिएम कार्ड भएकाहरुले लाइन बस्न नपर्ने, समयको बचत हुने साथै चेक काट्ने झन्झटबाट मुक्त हुने भएका छन् । विहान ७ बजेबाट बेलुकी ८ बजेसम्म एटिएम कार्डबाट रकम झिक्न सकिने बैंकका वरिष्ठ सहायक सुजन कुमार ढकालले जानकारी दिए । चाँडै सुरक्षा व्यवस्था मिलाएर २४ सै घण्टा सेवा सुचारु गर्ने वातावरण मिलाइने राष्ट्रिय वाणिज्य बैंक सल्लेरीले जनाएको छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप