राजनीति

आज संसद बैठकः प्रचण्ड–ओली गोप्य वार्ताः संसदमा मुठभेड ननिम्त्याउन दुवै नेता सहमत

काठमाडौँ, १८ पुस, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसदमा कुनै किसिमको मुठभेड ननिम्त्याउनेबारे सहमति भएको छ ।

आइतबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि बढाउन सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गरे ।

प्रधानमन्त्रीले आज सदनमा संशोधन प्रक्रिया अगाडि बढाउने तयारी रहेको भन्दै संसद् अवरोध हटाउन ओलीलाई आग्रह गरे ।  

जवाफमा अध्यक्ष ओलीले संशोधन प्रस्ताव देश हितविपरित रहेको भन्दै निर्वाचनसम्बन्धी विधेयक अगाडि बढाए मात्रै आफूहरुको सहयोग हुने जवाफ दिए ।

गोप्य राखिएको सो भेटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले एक्लाएक्लै लामो समय वार्ता भएको बताइएको छ ।

वार्तामा ठोस सहमति नभए पनि केही विषयमा सहमति नजिकनजिक पुगेको तथा सोमबार सरकार र प्रतिपक्षीबीच संसदमा असहज स्थिति निम्त्याउन नहुनेमा दुवै नेता एकमत भएको बताइन्छ ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको निजी सचिवालयले भेट भएको स्वीकार गरे पनि त्यसबारे खुलाउन चाहेन । सरकारले संविधान संसोधन प्रक्रिया अगाडि बढाएपछि एमालेसहित आठ दलले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् । रासस

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...