मनोरञ्जन

'मिस इको इन्टरनेशनल नेपाल २०१७' को उपाधि रोशनी अमात्यलाई

काठमाडौँ, १७ पुस, अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता 'मिस इको इन्टरनेशनल २०१७' मा कामनपा ११ की २१ वर्षीया रोशनी अमात्यले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । इको इन्टरनेशनल लागि आधिकारिकता प्राप्त ग्रिन आर्ट मिडियाले शनिबार राजधानीमा एक कार्यक्रमका बीच प्रतियोगी सार्वजनिक गरेको हो । कार्यक्रममा मिडियाले अमात्यलाई 'मिस इको इन्टरनेशनल नेपाल २०१७' को क्राउन पनि पहिर्याएको छ । उनलाई 'मिस इको इन्टरनेशनल नेपाल २०१६' की बिजेता नग्मा श्रेष्ठले ताज लगाइ दिएकी थिइन् ।

अमात्य गत शनिबार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगीलाई पछिपार्दै 'मिस इको इन्टरनेशनल नेपाल २०१७' को विजेता बनेकी हुन् । प्रारम्भिक चरणको निर्णायकमा अभिनेत्री तथा मिस नेपाल श्रृष्टी श्रेष्ठ, मिस इको नग्मा श्रेष्ठ, अभिनेता मनोज आरसी लगायत रहेका थिए ।

मिस इको इन्टरनेशनल २०१७ आगामी अप्रिलमा इजिप्टमा आयोजना हँुदैछ । ८० राष्ट्रका सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीतामा यो नेपालको तेस्रो सहभागीता हो । यस अघि २०१५ मा प्रिन्शा श्रेष्ठ र २०१६ मा नग्मा श्रेष्ठले सहभागीता जनाइसकेका छन् ।

प्रतियोगीता २०१५ देखि आयोजना हुँदै आएको छ । पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्न यो प्रतियोगीताको आयोजना हँुदै आएको ग्रीन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले बताइन् ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप