मनोरञ्जन

यसरी मनायो चलचित्र 'जात्रा' ले ५१औँ दिनको खुसियाली (फोटो र भिडियोसहित)

काठमाडौँ, १६ पुस, नेपाली सिने जगतमा सफल चलचित्रको दर्जामा 'जात्रा' पनि पर्न सफल भएको छ । चलचित्र 'जात्रा'ले आज प्रदर्शनको ५१औँ दिन पुर्याएसँगै सफल चलचत्रिमा दर्ता भएको हो । गत कात्तिक २६ गतेबाट रिलिज भएको 'जात्रा' ले आज पुस १६ गते राजधानीको कुमारी हलमा केक काटेर खुसियाली मनाएको हो ।

खुसियाली समारोहमा निर्देशक प्रदीप भट्टराईसहित कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बानिया, विपिन कार्की, वर्षा राउत, प्रवीण खतिवडा, कमलमणि नेपाल, नरेन्द्र कंसाकारलगायतको उपस्थिति रहेको थियो ।

कलाकार तथा टिमले हलमै गएर दर्शकहरुलाई धन्यवाद ज्ञापन पनि गरेका थिए । निर्देशक भट्टराईले दर्शकहरुलाई धन्यवाद दिए । निर्माता तथा कलाकार बानियाले दर्शकलाई सम्मान गर्ने बताउँदै अहिले दर्शकले देखाएको मायालाई खेरजान नदिने प्रतिवद्धता व्यक्त गरे ।

कलाकार वर्षा राउत र विविन कर्कीको हलमा वाहवाही भएको थियो । हल बाहिर राखिएको केक काटेर इन्टायर टिम, उपस्थित र दर्शकहरुलाई वितरण गरिएको थियो भने एकआपसमा बधाई तथा शुभकामना आदान-प्रदान गरिएको थियो। 

 

 

 

 

 

 

 

यसमा तपाईंको मत

Loading...

धेरै पढिएको

थप

मनोरञ्जन

थप