शिक्षा

शैक्षिक संस्थाको भौतिक सम्पत्ति संरक्षण गर्न प्रचण्डलाई राष्ट्रपतिको सुझाव

काठमाडौँ, १४ पुस, राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय र शैक्षिक संस्थाको भौतिक सम्पत्ति संरक्षणका लागि सरकारलाई गम्भीर बन्न सुझाव दिएकी छिन् । त्रिविका कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहकुलपति एवम् शिक्षामन्त्री धनीराम पौडेल, त्रिविका उपकुलपति तथा पदाधिकारीसँग राष्ट्रपति कार्यालयमा भएको भेटमा उनले सो सुझाव दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले शैक्षिक संस्थाको भौतिक सम्पत्ति निजी क्षेत्रलाई भाडामा लगाउने र गैरसरकारी सङ्घ संस्थालाई उपभोग गर्न दिनेजस्ता कार्य रोक्नुपर्ने भन्दै भौतिक सम्पत्तिको उपयुक्त रुपमा संरक्षण र उपयोग गर्ने योजना बनाउन आवश्यक रहेको बताएको उनका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।

नयाँ विश्वविद्यालय खोल्दा पुराना विश्वविद्यालयको सम्पत्ति बाँडचुँड गर्ने परिपाटीको अन्त्य गर्दै नयाँ विश्वविद्यालयलाई भौतिक पूर्वाधारका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने पनि उनले बताइन् ।


त्रिभुवन विश्वविद्यालयको ४२ औँ दीक्षान्त समारोहको अवसर पारेर भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयलगायत शैक्षिक संस्थाको शैक्षिक र भौतिक पूर्वाधारको विकासका लागि सरकार तयार रहेको बताएका थिए ।

भेटमा त्रिविका पदाधिकारीले विश्वविद्यालय अन्तर्गतका अनुसन्धान केन्द्रलाई बलियो बनाउन आवश्यक रहेको बताएको जनाएको छ । रासस

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...