सूचना/प्रविधि

प्रेस चौतारी धनकुटामा पुनः सन्तोष रुचाल

धनकुटा, ९ पुस, प्रेस चौतारी धनकुटाको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रवार राति सम्पन्न अधिवेशनको बन्दसत्रबाट पुनः सन्तोष रुचालको अध्यक्षतामा १३ सदस्य जिल्ला कमिटी गठन भएको छ । नवगठित समितिको उपाध्यक्षमा रबिन कटेल, सचिवमा बिमला राई, सह–सचिवमा विश्वराज श्रेष्ठ र कोषाध्यक्षमा मनिसा पोख्रेल चयन भएका छन् । 

त्यस्तैगरी सदस्यहरुमा माया राउत, कल्पना थापा, मानवी तामाङ्ग, नबोदित खड्का, शिशिर भण्डारी, सुरेन्द्र मग्राती, बालिका मादेन र डम्बरु दाहाल चयन भएका छन् । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, बरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष लिलाराज भट्टराई, महासचिव राजेश राई, सचिव अमृत तिम्सिना, लेखा समिति संयोजक बिक्रम लुईटेल, केन्द्रीय सदस्य नैन विश्वकर्मा, एक्सन राई, पूर्व पूर्वाञ्चल उपाध्यक्ष कुशलबाबु बस्नेत, पूर्व केन्द्रीय सदस्य सिद्धराज राई लगायतले नवगठित कार्यसमितिलाई फुलमाला लगाएर बधाई ज्ञापन गरेका थिए । 

त्यस्तै एमाले धनकुटा उपाध्यक्ष दुर्गा लिंखा, सचिव सुरेन्द्र पौडेल, उप–सचिव निरन राई, प्रचार विभाग सचिव एवम् चौतारीका पूर्व जिल्ला अध्यक्ष भेषराज कटेल लगायतले नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुले शनिवार सपथ ग्रहण गरेको प्रेस चौतारीले जनाएको छ । धनकुटामा क्रियासिल ६७ जना सञ्चारकर्मी प्रेस चौतारीमा आवद्ध रहेको बताइएको छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप