राजनीति

संविधान संसोधन प्रकृया अघि बढ्न दिइन्न : एमाले सचिव भट्टराई

धनकुटा, ८ पुस, नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले संसदमा पेश भएको संविधान संसोधनको प्रकृया कुनैपनि हालतमा अघि बढ्न नदिने बताएका छन् । प्रेस चौतारी धनकुटाको आठौं अधिवेशन शुक्रबार उद्घाटन गर्दै नेता भट्टराईले मुलक नै संकटमा पर्ने गरी संसोधन प्रस्तावले बेकारको रडाको मच्चाइरेको भन्दै आफूलाई मधेसको ठेकेदार ठान्ने केही पाटीले मधेसी जनताको नाममा ब्यक्तिगत स्वार्थपूर्तिका लागि संविधान संशोधन प्रस्ताव ल्याएको कारण नेकपा एमाले यसको विरुद्धमा रहेको बताए । 

भट्टराईले भारत तीर लक्षित गर्दै अरु कसैको इच्छापूर्तिका लागि लादिएको संसोधनको प्रस्ताव पारित हुनै नसक्ने जिकिर गरे । नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशवादी दलहरुको राष्ट्रघाती गठबन्धनबाट आएको भनिए पनि मेधेशीले कांग्रेस माओवादी केन्द्रलाई एउटै खाडलमा फसाउने खेलो मात्र रहेको बताए । सत्तासिन पार्टी समेत संविधान संसोधन गर्ने भन्दै गरेको बालहठका विरुद्ध एमालेले संघर्ष गर्ने बताए । संविधान कार्यान्वयनको परीक्षण चुनावबाट हुने भएकाले सरकारले चुनाव घोषणा गरे प्रतिपक्षमा बसेर एमालेले चुनावमा भाग लिने बताए । 

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश पोखरेल, पत्रकार महासंघ धनकुटाका अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...